दोलखा फर्किएको संङख्या दशै जस्तै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) –दोलखामा विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्न करिव १० दश हजार स्थानीय दोलखा फर्किएका छन् । आज र हिजो दोलखा फर्किनेको भिड   लागेको प्रहरीले बताएको छ । सरकारले शैक्षिक संस्था बन्द गरेको तथा अति आबस्यक बाहेक अन्य सेवा बन्द गरेको कारण दोलखा फर्किने संङख्या बढेको हो । शहर भन्दा ग्रामिण क्षेत्रमा जोखिम कम हुने भएकोले गाँउ फर्किएको बैतेश्वर गाउँपालिकाका माधव घिमिरेले बताए । शैक्षिक संस्था बन्द भएको र शहरमा कारोना त्रास भएको परिवारसँगै बस्न दोलखा फर्किएको कालिन्चोक गाउँपालिकाका अर्का यात्रुले बताए । दशै भन्दा बढी यात्रु दोलखा फर्किएको पुर्व अरनिको यातयातका रविन चौलागाईले बताए । समितिले हिजो र आज सो यातयातका सवै बसले सेवा दिएको उनले बताए । शहरमा भन्दा ग्रामिण क्षेत्रमा कोरोना डर कम हुने भएकोले देश भरका स्थानीय आफ्नो गृह जिल्ला फर्किएका हुन ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखा फर्किएको संङख्या दशै जस्तै"

Leave a comment

Your email address will not be published.


*