नयाँ विद्यार्थीलाई स्वागत

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ १३
गौरीशंकर बहुमुखी क्याम्पसको कक्षा ११ मा अध्ययनका लागि आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गौरीशंकर बहुमुखी क्याम्पस कमिटिद्धारा आयोजित एक समारोहका बिच नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो । अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुको उत्साह थप्न र पढाइमा प्रोत्साहन गर्न खादा र टिका लगाएर स्वागत गरिएको कमिटिले जनाएको छ ।

स्वागत समारोहमा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले विद्यार्थीहरुलाई बधाई दिनुहुँदै विद्यार्थी जीवन अध्ययन र सिकाईको लागि महत्वपूर्ण समय रहेको बताउँदै सो समयको उच्च सदुपयोग गरी सर्वोत्कृष्ट हुन प्रयास गर्न आग्रह गर्नुभयो । शिक्षाले भविष्य उज्जवल बनाउने भएकोले शिक्षा प्राप्तिका लागि विद्यार्थीमा इच्छाशक्ति, उर्जा र जाँगर सदैव हुन आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष सुदाम सुवेदीको अध्यक्षतामा भएको समारोहमा अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य रमेश श्रेष्ठ, केन्द्रिय सचिबालय सदस्य शक्ति पाठक, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष राजकुमार ढुङ्गेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Shares

Dikshan Online TV

Be the first to comment on "नयाँ विद्यार्थीलाई स्वागत"

Leave a comment

Your email address will not be published.


*