माघ १८, २०७४ पेरिस सेन्ट जर्माइनका स्टार फुटबलर नेइमारले बार्सिलोना विरुद्ध कानूनी लडाइँ सुरु गरेका छन्। उनले ला–लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना विरुद्ध मुद्दा हालेका हुन्। बोनस बापतका्े २६ मिलियन युरो तथा त्यसमा ब्याज समेत जोडेर कुल ३० मिलियन युरो पाउनुपर्ने माग गर्दै उनले मुद्दा दायर गरेका हुन्। नेइमारले यसअघि बार्सिलोनामा छदाँ पहिलो किस्ताबापतको बोनस पाएपनि दोस्रो किस्ता बापतको बोनस पाएका थिएनन्। नेइमारले बार्सिलोना छाड्ने निर्णय गरेसँगै क्लबले उनलाई बोनसबापतको रकम नदिने बताएको थियो। नेइमारले गत वर्ष बार्सिलोनामा सन् २०२१ सम्म बस्नेगरी सम्झौता गरेका थिए। तर उनले यसै सिजन क्लब छाड्दै सम्झौता तोडेकाले उनलाई रकम नदिएको क्लब स्रोतको दाबी छ। सिजनको सुरुवातमा बार्सिलोनाले नेइमारका लागि भने बोनसबापतको दोस्रो किस्ताको रकम समेत छुट्याएको थियो। तर उनी क्लबमा बस्ने वा नबस्ने भन्ने अन्तिम टुंगो लागेपछि मात्रै रकम दिने÷नदिनेबारे निर्णय गर्ने बार्सिलोनाको योजना थियो। यसै सिजन नेइमार विश्व किर्तिमानी मुल्यमा पिएसजी सरुवा भएका हुन्। त्यसयता, उनले लिग वान क्लबबाट २४ खेलमा २६ गोल गरिसकेका छन्।
नेइमारले थाले बार्सिलोनाविरुद्ध कानुनी लडाइँ
Posted By: दीक्षण दैनिक १८ माघ २०७४, बिहीबार १७:३६
१० माघ २०८१, बिहीबार १९:०६
२०८१ माघ १० गतेको क्लिक गरेर Epaper पढ्नु होस
११ माघ २०८१, शुक्रबार ११:५३
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
११ माघ २०८१, शुक्रबार १०:१६
Be the first to comment on "नेइमारले थाले बार्सिलोनाविरुद्ध कानुनी लडाइँ"