नेकपा दोलखाले दियो प्रशिक्षण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –नेपाल कम्युनिष्ट पार्टी दोलखाले एकिकरणपछि आफ्ना नेता तथा कार्यक्रतालाई सदरमुकाम चरिकोटमा आफ्नो पाटीको नितिको बारे केन्द्रका नेता बोलाएर प्रशिक्षण दिएको छ । २ दिने प्रशिक्षणमा नेकपा दोलखाका जिल्ला स्तरका पदाधिकारी ,स्थानिय कमिटीका पदाधिकारी, तथा पाटीबाट निर्वाचित पालिका स्तरकाका प्रमुख तथा वडाअध्यक्षहरु सहभागि भएका थिए । पाटीले हाल अङगिकार गरेको निति तथा सैद्धान्तिक पक्षमा केन्द्रबाट आएका नेता तथा जिल्लावाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुले सहभागिलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा पाटीबाट निर्वाचित पालिका स्तरका प्रमुख तथा उपप्रमुखले स्थानीय सरकारले गरेका कार्य सम्पादन बारेमा जानकारी गराएका थिए । त्यसैगरी पाटीका नगर तथा पालिका स्तरमा रहेका प्रमुखले पाटीको संगठनबारे आफ्नो प्रतिवेदन प्रस्तुत गरेको नेकपा स्रोत बताएको छ ।
प्रशिक्षण कार्यक्रमको समापन गर्दै नेपाल कम्युनिष्ट पाटी दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले स्थानिय तहमा नागरीकहरुको चाहाना अनुसार काम हुन नसकेको भन्दै जनप्रतिनीधि र नागरीकहरुको विचमा दुरी वढ्न थालेको र त्यस्ता विषयहरुको निराकरण गर्नका लागि पार्टी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए । उनले लामो समय देखि तल्लो तहसम्म पुगेर प्रशिक्षण गर्न नसकिरहेको अवस्थामा दोलखामा एकिकरणको काम सकिएको र अव हरेक तहलाई चलायमान बनाउने गरी जिल्ला कमिटिले काम सुरु गरेको उनले बताए ।
प्रशिक्षणपछि नेकपाका नेता तथा कार्यक्रताले पाटी तथा जनप्रतिनिधीको सम्बन्ध कायम गर्न सहयोग पुगेको बताए । प्रशिक्षणले २ पाटीको एकिकरणपछि रहेको बैचारिक मतभेद तथा पाटी एक ढिक्का भएर अगाडी बढ्न मार्ग निर्देशन प्राप्त भएको प्रशिक्षणमा सहभागि भएका नेकपा बैतेश्वर गाउँपालिका नेकपाका सदस्य रेशम रिमालले बताए ।प्रशिक्षण कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा स्कुल विभाग उपप्रमुख वेदुराम भुषालले पार्टीको राजनैतिक कार्य दिशा, स्कुल विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य देवेन्द्र पौडेलले निर्वा्चित जनप्रतिनिधी र स्थानिय तहको सम्वन्धको विषयमा प्रशिक्षण दिएका थिए । त्यसै गरी प्रदेश नम्वर ३ का सह इन्चार्ज हितमान शाक्यले संगठन सम्वन्ध अन्र्तर सम्वन्ध तथा प्रदेश नम्वर ३ का सचिव आन्नद पोखरेलले सरकारले गरेको काम र भावि दिशाको बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा दोलखाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ वटै स्थानिय तहका जनप्रतिनिधी, स्थानिय तहका कमिटी, जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "नेकपा दोलखाले दियो प्रशिक्षण"

Leave a comment

Your email address will not be published.


*