नेकपा बैतेश्वर गाउँ कमिटीले बुझायो पालिकामा ध्यानाकर्षणपत्र

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) –नेकपा बैतेश्वर गाउँ कमिटीले आज बैतेश्रवर गाउँपालिकामा बिभिन्न माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको छ । आज बैतेश्वर गाउँपालिकाका अध्यक्षलाई कमिटीले सो ध्यानाकर्षण पत्र बुझाएको हो । गाउँपालिका तथा प्रदेश सरकारबाट प्राप्त खर्च भएको बजेटको सार्वजनिक सुनुवाई गर्न माग गरिएको छ । सवै वडामा समानुपातिक रुपमा बजेट बाँडफाड गर्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ । अगामी बर्षको बजेटमा वडामा १ करोडका दरले बजेट बिनियोजन गर्न तथा बजेट बैज्ञानिक तरिकाले बाँडफाड गर्न कमिटीले आग्रह गरेको छ । ध्यानाकर्षणपत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष छबी लामाले बजेट समानुपातिक तरिकाले बितरण गरिएको दाबी गरे । उनले कर्मचारी भर्नामा कुनै पनि बिभेद नगरिएको बताए । बजेट बनाउँदा सबै सरोकारवाला निकायसँग छलफल गरेर गरिने उनको भनाई रहेकोछ । गाउँपालिकाको बिकासमा सवै सरोकारवाला निकायसँग छलफल गरेर अगाडी बढ्ने लामाले बताए । पालिकाकाले हाल बिकास बजेट छुट्याउँदा समानुपातिक बिकासमा नै जोड दिएको बताए । आफु नेपाली कांगे्रसबाट निर्बाचित भए पनि बिकासमा कुनै विभेद नगरेको उनले बताए ।ध्यानाकर्षणपत्र  बुझाउन नेकपा नेताहरु भिम दहाल , रोच कुमारी चौलागाई , हर्कमान पाख्रिन , लक्ष्मण खडका, माधब प्रसाद घिमिरे ,धुब्र आचार्य ,सुब्बा श्रेष्ठ, माधब दहाल , महेश पाख्र्रिन , वडा अध्यक्षहरु कुमार चौलागाई , रमेश अधिकारी लगायतका ५० भन्दा बढी नेता कार्यक्रताको सहभागिता रहेको थियो ।

 

Shares

Dikshan Online TV

Be the first to comment on "नेकपा बैतेश्वर गाउँ कमिटीले बुझायो पालिकामा ध्यानाकर्षणपत्र"

Leave a comment

Your email address will not be published.


*