नेपाल र हङकङको खेल रद्ध, नेपाल डिभिजन -२ मा घटुवा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

आश्विन ३०- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । खेल सम्भव हुन नसकेपछि दुवै टोलीले १र१ अंक बाँडेका छन् ।

यस नतिजासँगै नेपाल प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको छ । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल सम्भव हुन सकेन ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ ।

नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स ९युएइ०को सामना गर्दैछ । विश्व क्रिकेट लिगको शीर्ष ४ स्थानका टोली विश्वकप छनोटमा पुग्नेछन् भने पुछारका ४ टोली डिभिजन २ मा पुगे ।

घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष २ टोली विश्वकप छनोटमा सहभागी हुनेछन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "नेपाल र हङकङको खेल रद्ध, नेपाल डिभिजन -२ मा घटुवा"

Leave a comment

Your email address will not be published.


*