अनिल दाहाल
चरिकाेट
साकाेसहरूकाे छाता संघ नेपाल बचत तथा ऋण सहकारी संघ लि (नेफ्स्कून) ले रामेछाप जिल्लाकाे मन्थलीमा अाफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
मन्थलीस्थित देवकोटाचोकमा साउन २६ गते केन्द्रको औपचारिक शुभारम्भ भएको हो । नेफ्स्कूनका सञ्चालक जीवसराज खड्काको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननिय कैलाश प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा साे सेवा केन्द्र उद्घाटन सम्पन्न भएको हाे ।
मन्थलीस्थित देवकोटाचोकमा साउन २६ गते केन्द्रको औपचारिक शुभारम्भ
कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले समृद्धिको यात्रा निजि क्षेत्र र सहकारी मार्फत उत्पादनमा लाग्दा मात्र सम्भव हुने बताउनुभयो । उद्वाटन कार्यक्रममा मन्थली नगरपालिका का नगर प्रमुख रमेश बहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समिति सदस्य तथा सिन्धुली जिल्ला बचत संघका अध्यक्ष बिमला श्रेष्ठ, जिल्ला बचत संघ रामेछापका अध्यक्ष जगन्नाथ दहाल, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेफ्स्कून सेवा केन्द्र रामेछापकाे मन्थलीमा

Be the first to comment on "नेफ्स्कून सेवा केन्द्र रामेछापकाे मन्थलीमा"