इश्वर बिश्वकर्मा चरिकोट, कार्तिक २९ नेबिसंघ दोलखाले गरेको रक्तदानमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले रक्तदान गरेका छन् । नेपाली कांग्रेस दोलखाको पार्टी कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको समन्वयमा नेपाल विद्यार्थी संघद्वारा शुभदिपावलीको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका १६ जना नेता कार्यकर्ताले रक्तदान गरेका हुन् । कोरोना भाइरसको कारण रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव रहेको छ । यहि समस्यालाई मध्यनजर गर्दै ‘ रक्तदान, जीवन दान’ भन्ने मुलमन्त्रको साथ कोही पनि रगत अभावमा नपरुनु भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष भीम खड्काले जानकारी दिए । ” कोरोनाको कारण रगतको अभाव भएको छ । जसकारण सुत्केरी तथा गम्भीर चोटपटक लागेका वा अन्य बिरामीलाई रगत पाउन कठिन परेको छ । त्यस्ता व्यक्तिहरुलाई केही सहज होस् भनी रक्तदान कार्यक्रम आयोजना गरेका हौं ।” अध्यक्ष खड्काले भने । दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेल र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एवम् नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको थियो ।
नेबिसंघ दोलखाले गरेको रक्तदानमा कांग्रेस दोलखाका नेता तथा कार्यकर्ताले गरे रक्तदान
TOPICS:समाचार

Posted By: दीक्षण दैनिक २९ कार्तिक २०७७, शनिबार १५:४१

५ फाल्गुन २०८१, सोमबार १९:४५
नेकपा (एस) बागमती प्रदेशको अध्यक्षमा भीम दाहाल निर्वाचित
५ फाल्गुन २०८१, सोमबार २०:४२
दोलखामा राष्ट्रिय परिचय पत्र तथा राहदानी फर्म निःशुल्क भरिने
५ फाल्गुन २०८१, सोमबार २०:३९
भीमेश्वर मन्दिरबारे संस्कृतिविद गुरुङको अभिव्यक्तिप्रति आपत्ति
५ फाल्गुन २०८१, सोमबार २०:०६
कार्यसम्पादन मूल्याङ्कनमा दोलखाको भीमेश्वर नगरपालिका उत्कृष्ट
५ फाल्गुन २०८१, सोमबार २०:४६
भीमेश्वर नगरपालिकाले बंगुर पालन तथा माछा पालनकालागि पचास प्रतिशत अनुदान दिने
५ फाल्गुन २०८१, सोमबार १०:४३
आजको मौसम : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षात् को सम्भावना
५ फाल्गुन २०८१, सोमबार १९:२४
२०८१ फागुन ५ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
५ फाल्गुन २०८१, सोमबार ११:०८
निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन
५ फाल्गुन २०८१, सोमबार २०:०२
क्षतिग्रस्त वीपी राजमार्गको १४ स्थानमा मर्मत थालियो
५ फाल्गुन २०८१, सोमबार २०:१५
जिरी भ्रमण वर्ष २०८१ को उद्घाटन
५ फाल्गुन २०८१, सोमबार १३:४६
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
५ फाल्गुन २०८१, सोमबार ११:००
Be the first to comment on "नेबिसंघ दोलखाले गरेको रक्तदानमा कांग्रेस दोलखाका नेता तथा कार्यकर्ताले गरे रक्तदान"