चरिकाेट /अनिल दहाल –दाेलखा जिल्लाकाे सदरमुकाममा रहेकाे परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा शुभारम्भ भएको छ । सचिव अप्सरा चौलागाईले वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने संस्था कि कोषाध्यक्ष सृजना न्यौपानेले १० करोड २९ लाख ९२ हजार ५ सय ७६ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्था कि लेखा सुपरिवेक्षण समितिकी संयोजक शान्द्रा कार्कीले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा विभिन्न व्यतिहरूलाई संस्थाले सम्मान गरेकाे थियाे ।सम्मान हुनेमा संस्थाकी उत्कृष्ट कर्मचारी देवकी बस्नेतलाई नगद १ हजार ५ सहित सम्मान गरिएको छ । त्यसैगरि संस्थाले उत्कृष्ट मासिक बचतकर्ता तर्फ जानुका पाठक, उत्कृष्ट सेयर सदस्य निर्मला बस्नेत, जेष्ठ सदस्य सरस्वती चौलागाई, उत्कृष्ट दैनिक बचतकर्ता समिता वली, मासिक ऋणी सीता केसी, उत्कृष्ट दैनिक ऋणी कमला सुवेदी, नियमित बालबचत कर्ता अञ्जली ठाकुरलाई सम्मान गरिएको हो । साधारण सभा संस्थाकी अध्यक्ष शर्मिला सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियाे ।नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड नेफ्सकुनका सञ्चालक सदस्य जिवसराज खड्का, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष जीवन लामा, जिल्ला बचत संघ सहकारीका उपाध्यक्ष देवी शर्मा, जिल्ला बचत संघ अध्यक्ष भुमिराज खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा शुभारम्भ

Be the first to comment on "परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा शुभारम्भ"