चरिकोट (दीस) ःदोलखाको चरिकोटस्थित प्रदेश स्तरीय पशुपति चौलागाईँ स्मृति अस्पतालका नव नियुक्त अध्यक्ष सुवास रिमालले पदभार ग्रहण गर्नु भएको छ । मंगलबार अस्पतालमा आयोजित विशेष समारोहका बीच उहाँले पदभार ग्रहण गर्नु भएको हो । वागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले मंसिर २७ गते भिमेश्वर नगरपालिका वडा नं. ३ निवासी सुवास रिमाललाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा दुई वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । पदभार ग्रहण समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मण खड्का, वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, उपमेयर कमला बस्नेत, नेकपा एमालेका जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठलगायतले अध्यक्ष रिमाललाई स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै अध्यक्ष रिमालले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवामा सुधार गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पशुपति चौलागाईँ स्मृति अस्पतालका नव नियुक्त अध्यक्ष सुवास रिमालद्वारा पदभार ग्रहण
Posted By: दीक्षण दैनिक १६ पुष २०८१, मंगलवार १८:५७
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
२०८१ माघ २ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
Be the first to comment on "पशुपति चौलागाईँ स्मृति अस्पतालका नव नियुक्त अध्यक्ष सुवास रिमालद्वारा पदभार ग्रहण"