दोलखाको गौँरीशंकर गाउँपालिकामा पहिरोका कारण २९ घर विस्थापित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चकिोट,साउन १३

अविरल वर्षाका कारण आएको पहिरोले दोलखाका गौँरीशंकर गाउँपालिकाका २९ जना विस्थापित भएका छन् ।गाउँपालिका वडा नम्बर ६ र ७ का बासिन्दा पहिरोका कारण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय दोलखाकाले जनाएको छ ।कार्यालयका अनुसार पहिरोमा परि वडा नम्बर ६ का सुर्य बहादुर तामाङ, कृष्ण बहादुर गुरुङ, राम बहादुर गुरुङ, मित्र बहादुर गुरुङ, बिन्दु गुरुङ, डबल गुरुङ, रत्न बहादुर गुरुङ, किरण तामाङ, बिर बहादुर तामाङ, सुष्पाल तामाङ, कमल बहादुर गुरुङ, नारायण गुरुङ, श्री बहादुर गुरुङ गरि १३ घरपरिवार विस्थापित भएका छन् ।
त्यसैगरी वडा नम्बर ७ का सक बहादुर गुरुङ, ज्ञान बहादुर गुरुङ, राम बहादुर खत्री, तिलक बहादुर गरुङ, सुन्दर बहादुर गुरुङ, लोक बहादुर गुरुङ, प्रेम बहादुर गुरुङ, दुर्ग बहादुर गुरुङ, जुवारी गुरुङ, काले गुरुङ, मुलुक बहादुर गुरुङ, कमल गुरुङ, उपेन्द्र आचार्य, टहल बहादुर दर्जी र हर्क बहादुरगुरुङको परिवार सहित १६ घर विस्थापित भएका छन् । दुबै वडाका महिला ३९ र पुरुष ४१ गरि ८० जना विस्थापित भएका कार्यालयले जनाएको छ । पहिरोको जोखिममा परेपछि सुर्य बहादुर तामाङ, कृष्ण बहादुर गुरुङ, राम बहादुर गुरुङ, मित्र बहादुर गुरुङ, बिन्दु गुरुङ, डबल गुरुङ, रत्न बहादुर गुरुङ र किरण तामाङका परिवार वडा नम्बर ६ को भुमे गुम्बा माविमा आश्रय लिइ बसेका छन् । त्यसैगरि बिर बहादुर तामाङ, सुष्पाल तामाङ, कमल बहादुर गुरुङ, नारायण गुरुङ र श्री बहादुर गुरुङको परिवार वडा नम्बर ७ मा रहेको जयाराम श्रेष्ठको घरमा आश्रय लिइ बसेका छन् ।साथै वडा नम्बर ७ का पहिरो प्रभावित सक बहादुर गुरुङ, ज्ञान बहादुर गुरुङ, राम बहादुर खत्री र तिलक बहादुर गरुङको परिवार गरि २६ जना डम्बर बहादुर गुरुङको घरमा बसेका छन् । सुन्दर बहादुर गुरुङ, लोक बहादुर गुरुङ, प्रेम बहादुर गुरुङ र दुर्ग बहादुर गुरुङका परिवारसहित १९ जना छिमेकी बिन्दा गुरुङको घरमा आश्रय लिएर बसेका छन् । जुवारी गुरुङ, काले गुरुङ, मुलुक बहादुर गुरुङ र कमल गुरुङका घर परिवारसहित २० जना भोज बहादुर गुरुङको घरमा बसेका छन् । उपेन्द्र आचार्य, टहल बहादुर दर्जी र हर्क बहादुर गुरुङको परिवार सहित १५ जना छिमेकी ललित बहादुर गुरुङको घरमा गई आश्रय लिई बसेका छन् । घर पहिरोको जोखिममा परि छिमेकीकोमा आश्रय लिई बसेका पहिरो प्रभावितलाई कुनै राहत उपलब्ध हुन सकेको छैन ।

 

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखाको गौँरीशंकर गाउँपालिकामा पहिरोका कारण २९ घर विस्थापित"

Leave a comment

Your email address will not be published.


*