पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

३ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेची भन्सार कार्यालय झापाका तत्कालिन भन्सार अधिकृत मनोजकुमार विकसहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ । ५५ लाख १० हजार ५ सय ९६ रुपैयाँ ३३ पैसा राजस्व चुहावट गरेको आरोपमा भन्सार अधिकृत विकसहित ५ जना विरुद्ध अख्तयारले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।अधिकृत विक र नायव सुब्बा सनद खतिवडाले पैठारीकर्तासँगको मिलेमतोमा अन्तर्राष्ट्रिय ब्रान्डका सामान न्यून भन्सार महसुल र भ्याट निर्धारण गरी राजस्व चुहावट गरेको देखिन आएकोले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको उनले बताए । सागर एण्ड साधना विजनेश प्रालि काठमाडौंका सञ्चालकहरु गंगाबहादुर घिमिरे र लिला बहादुर घिमिरे तथा भन्सार एजेन्ट प्रतिनिधि दिपेन्द्रराज पाण्डेविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो । भन्सार अधिकृत र नायवसुब्बासँगको मिलोमतोमा पैठारी हुने वस्तुको यथार्थ विवरण नखुलाई सामानको नाम मात्र राखी जाँचपासमा सघाएको आरोपमा अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको कोइरालाले बताए ।

Shares

Dikshan Online TV

Be the first to comment on "पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा"

Leave a comment

Your email address will not be published.


*