एजेन्सी – नपरमाणु बम, न मिसाइल नै चल्ने छ, न युद्ध नै हुनेछ । तर, पनि एक यस्तो हतियारबारे चर्चा भइरहेको छ, जसले केही समयमा नै पूरै विश्वबाट मानव जाती नै लुप्त पार्न सक्नेछ । खबरअनुसार रुसले यस्तै एक भयानक महाविनाशक हतियार गोप्य रुपमा तयार पारिरहेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ल्याबमा डेडली बवण्डर तयार हुँदै गरेको छ । जसले कुनै पनि देशको नामोनिशान नै मेटाउन सक्ने दावी गरिएको छ । पुटिनले विश्वलाई हल्लाउने बायालोजिकल हतियार तयार पारेको खबर पछिल्लो केही दिनयता अन्तर्राष्ट्रिय मिडियामा छाइरहेको छ । रुसमा वैज्ञानिक यस हतियारको सोधमा रातदिन जुटेका छन् । ल्याबमा इबोला र सबैभन्दा खतरनाक भाइरस मारवर्गलाई मिलाएर एक भयानक हतियार बनाउन थालेको बताइएको छ । सिधा भन्नुपर्दा एक यस्तो जैविक हतियार जो परमाणु बम भन्दा पनि हजारौं गुणा शक्तिशाली हुनेछ । विदेशकुनै पनि मानिसको जीवन सिध्याउनका लागि मात्र केही सेकेन्ड नै काफी हुनेछ । रुसको खुफिया एजेन्सीको एक युनिट अप्रेशन–६८२४० माथि काम गरिरहेको छ । पुटिनले यो भाइरसको नाम टोलेडो कोड नाम दिएको पनि बताइएको छ । यस अप्रेशन अन्तर्गत रुपमा खतरनाक भाइरस तयार पारिँदै गरिएको छ । रुसी रक्षा मन्त्रालयमा एक गुप्त युनिट छ । जसको नाम सेन्ट्रल रिसर्च इन्स्टीट्युट हो । यसले अहिले निकै घातक भाइरसमाथि अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दावी गरेका छन् ।
पुटिनको डेड्ली हतियार, जसले मानव सम्यता नै सिध्याउन सक्छ
TOPICS:विदेश
Posted By: दीक्षण दैनिक २१ पुष २०७७, मंगलवार २०:०२
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "पुटिनको डेड्ली हतियार, जसले मानव सम्यता नै सिध्याउन सक्छ"