पुनः यात्रा गर्दै अभिनय

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा–दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ३ पोखरेका २३ वर्षीय युवा यात्री अभिनय कार्कीले तेस्रो पटक यात्रा सुरु गर्न लाग्नु भएको छ । यस अघि मेची महाकाली पैदल र मुलुकभर साइकल यात्रा गरी चर्चा कमाउनु भएका कार्कीेले दोलखाको कालिञ्चोकदेखि इलामको श्रीअन्तु सम्म पैदल यात्रा गर्न लाग्नु भएको हो ।
मोटिभेसन फ्रम द सिचुएसन अर्थात् परिस्थितिबाटै प्रेरणा टाइटल नाम दिइएको सो यात्रा केही दिनपछि सुरु गर्न लागेको यात्री कार्कीले बताउनु भयो । आजको योगदान, पर्यटन प्रवद्र्धन भन्ने नारा सहित पर्यटन प्रवद्र्धन र सकरात्मक सोचको विकासका लागि प्रेरणा दिने उद्धेश्यले आफूले यात्रा सुरु गर्न लागेको उहाँले सुनाउनु भयो ।
धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकबाट सुरु भएको उहाँको यात्रा दोलखा भीमेश्वर, खरीढुँगा, र छिमेकी जिल्ला सिन्धुपाल्चोक र काभ्रेपञ्चोक लगायतका जिल्ला हुँदै पूर्वको इलाम पुगेर यात्रा सम्पन्न हुने छ । उहाँले आफ्नो यात्रा पूरा हुन एक महिनाको समय लाग्ने अनुमान गर्नु भएको छ ।
विश्व किर्तीमान कायम गर्ने तयारीका लागि यात्रा गरिहनु भएका कार्कीले पहिलो पटक २०७७ फागुन देखि मेचि महाकाली पैदल यात्रा र गत वर्षको पुसमा मुलुकभर साइकल यात्रा गर्नु भएको थियो । उहाँले पहिलषे यात्रा ३७ दिन र दोस्रो यात्रा एक सय १९ दिनमा पूरा गर्न सफल हुनु भएको थियो ।

Shares

Dikshan Online TV

Be the first to comment on "पुनः यात्रा गर्दै अभिनय"

Leave a comment

Your email address will not be published.


*