पुनर्निर्माण प्राधिकरणको स्थापना दिवसमा दोलखाका २४ वटा वडाहरु सम्मानित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, पौष १२
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना दिवसको अवसरमा शनिबार दोलखाका २४ वटा वडाहरु सम्मानित भएका छन् ।
भुकम्प पिडित लाभग्राहीहरु मध्ये निजी आवास पुनर्निर्माण अन्तर्गत ९० प्रतिशतभन्दा बढीलाई तेस्रो किस्ता भुक्तानी गराइ उत्कृष्ठ नजिता प्राप्त गरेको आधारमा वडाहरु सम्मानित भएका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण  स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया तथा समीक्षा गोष्ठी कार्यक्रमको आयोजना गरि ति वडाहरुलाई सम्मान गरिएको प्राधिकरण दोलखाले जनाएको छ ।
सम्मानित हुने वडाहरुमा कालिञ्चोक गाउँपालिकाका बढी रहेका छन् ।
त्यसैगरि मेलुङ, गौरीशंकर, विगु, बैतेश्वर र शैलुङ गाउँपालिकाका विभिन्न वडाहरु सम्मानित भएका छन् ।
सम्मानित भएको कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चेत बहादुर खड्काले आफ्नो वडाले निजी आवास पुनर्निर्माण ९० प्रतिशत भन्दा माथी प्रतिशतमा गरेको खुसी लागेको बताए । उनले सो हुनुमा लाभाग्राही र प्राधिकरण नै श्रेयको पात्र रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख गणेश अर्यालले पुनर्निर्माणमा प्राधिकरणको सहयोग, समस्या तथा चुनौतीको विषयमा बताएका थिए ।
त्यसैगरि राष्ट्रिय प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले दोलखामा निजी आवासको प्रगति, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले विद्यालय पुनर्निर्माणको अवस्थाबारे प्रगति प्रस्तुत गरेको थियो । स्थापना दिवसमा दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला समन्वय प्रमुख डबल पाण्डे लगायतले जिल्लालाई चाडैँ पुननिर्माणसम्पन्न घोषणा गर्न सबैको तर्फबाट पहल हुनुपर्ने बताए ।

Shares

Dikshan Online TV

Be the first to comment on "पुनर्निर्माण प्राधिकरणको स्थापना दिवसमा दोलखाका २४ वटा वडाहरु सम्मानित"

Leave a comment

Your email address will not be published.


*