पेशागत महासङ्घ नेपाल गठन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ १
दोलखामा नेकपा एकीकृत समाजवादी निकट पेशागत महासङ्घ नेपाल गठन गरिएको छ । सदरकमुकाम चरिकोटमा आयोजित भेलाले गोपालध्वज श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय महासङ्घ गठन गरिएको हो । नेकपा समाजवादी निकट पेशागत महासङ्घ नेपाल विभिन्न पेशामा रहेका २२ घटक संङ्घसंस्थाहरुको महासङ्घ हो । समितिको सचिवमा प्रकाश दाहाल चयन हुनुभएको छ । राधाकृष्ण शिवाकोटी, कृष्ण बहादुर शिवाकोटी, बिप्र खड्का, विरबहादुर दाहाल, कमल कार्की, अम्बिका भण्डारी, रत्न चौलागाईं, निराजन दाहाल, माधव बुढाथोकी, राम बहादुर शिवाकोटी, सिताराम दाहाल लगायत सदस्यमा रहनुभएको छ ।
नेकपा एकीकृत समाजादी दोलखाका अध्यक्ष भीमप्रसाद दाहालको अध्यक्षतामा भएको भेलामा पेशागत महासङ्घका केन्द्रीय अध्यक्ष रामकुमार वान्तवा, पार्टीका केन्द्रीय पोलिट्व्युरो सदस्य शिव भण्डारी, केन्द्रीय सदस्यहरु गोपाल न्यौपाने, दिनेशराज शिवाकोटी, जिल्ला कमिटी उपाध्यक्ष प्रोण प्रताप केसी, घनश्याम रिजाल लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

Shares

Dikshan Online TV

Be the first to comment on "पेशागत महासङ्घ नेपाल गठन"

Leave a comment

Your email address will not be published.


*