पोखरेलको शल्यक्रिया लाखौंमा एक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) –चरिकोट प्रस्ताबित अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र)ले एपेन्डिक्सको दुर्लभ शल्यक्रिया गरेको छ । यो शल्यक्रिया हो नेकपा दोलखाका अध्यक्ष ईस्वर चन्द्र पोखरेलको ।
शुक्रबार दोलखा जिल्ला नेकपा पार्टी अध्यक्ष एबंम तामाकोशी गाउँपालिकाका अध्यक्ष पोखरेल अघिल्लो दिन अर्थात् १५ जेठ देखि पेट दुख्यो भनेर सहन सक्ने छउन्जेल दुःखाइ सहेर दुःखाई शुरु भएको लगभग २४ घण्टा पछि मात्र प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) चरिकोटमा पेटको तल्लो भागको देब्रेपट्टि दुःख्यो भन्दै आइपुग्नु भएको थियो । सामान्य मानिसको परीक्षण जस्तै उहाँको पनि आकस्मिक सेवा कक्ष मार्फत अस्पतालले परीक्षण गरेको थियो । उहाँको भिडियो एकस–रे पनि गर्दा रगत जाँचगर्दा केही संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि अस्पतालले पुनः भिडियो एक्स–रे गरेको थियो । तर एपेन्डीसाइड पत्ता लगाउन कठिन भएको थियो । कारण थियो सबै मानिसलाई एपेन्डिक्स शरिरको दाहिने भाग तिर हुने गर्दछ । तर उहाँकाको एपेन्डिक्स देब्रे भागमा भएको थियो । सबैमा मानिसमा मुटु देब्र साइडमा हुने गर्दछ । उहाँको मुटु पनि दाहिने भागमा रहेको छ ।

यस अघि डा.विनोद दंगाल, डा.तुला कृष्ण गुप्ता दुबै जनाले पहिला पनि उहाँको यसै अस्पतालमा निमोनियाको उपचार गर्न आउँदा उहाँको शरीरका भित्रि अंगहरु सामान्य मानिसको भन्दा फरक भागमा रहेको भन्ने थाहा पाएको हुनाले तुरुन्तै उहाँको देब्रेतिर एपेन्डिक्स हुनसक्छ भनेर परीक्षण गरी पत्ता लगाएर तुरुन्तै शल्यक्रिया गर्ने सल्लाह दिएका थिए । करिब दिनको दुई बजे उहाँको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भयो ।
लाखौंमा एक जनामा मात्र देब्रेपट्टि एपेण्डिसाइटिस हुन्छ र त्यसभित्र १ जना उहाँ हुनु भयो ,एपेण्डिसाइटिसको साइज पनि लाखौंमा एक उहाँको १८ से.मी.लामो भएको शल्यक्रियामा संलग्न सो अस्पतालका निर्देशक डा.विनोद दंगालले बताउनु भयो । “हामीले लाखौ मानिसमा हुने मध्य दुर्लभ शल्यक्रिया गरेका छौ , यो हाम्रो टिमको अर्को सफलता हो ” डा. दंगालले भन्नु भयो ।

“यदि उहाँको अंगहरु फरक भागमा छ भन्ने थाहा नपाएको भए अनुमानको भरमा उपचार गर्दा अझ विरामीलाई थप जोखिम बढ्न सक्थ्यो र जटिल अवस्था पनि सिर्जना हुनसक्ने सम्भावना थियो ” । शल्यक्रिया टोलीका सदस्य डा.तुला कृष्ण गुप्ताले भन्नु भयो । हाल उहाँ स्वास्थ्य लाभ गरिरहनु भएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "पोखरेलको शल्यक्रिया लाखौंमा एक"

Leave a comment

Your email address will not be published.


*