प्रस्ताबित चरिकोट अस्पताल ३ दिनको लागि मात्र बन्द गरीएको हो ःमेयर केसी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) –भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर के.सीले प्रस्ताबित चरिकोट अस्पताल ३ दिनको लागि बन्द गरीएको बताउनु भएको छ । अस्पतालका अध्यक्ष समेत रहनु भएका मेयर के.सी.ले अस्पतालमा रहेका केही स्वास्थ्यकर्मीको बुधबार गरिएको आरडिटी टेष्टमा कोरोना देखिएको कारण अस्पताल बन्द गर्नु परेको जानकारी दिनु भयो । बन्द भएको अबधीका निजी अस्पतालबाट बिरामी सेवा लिन अनुरोध समेत उहाँले गर्नु भयो । धुलिखेलमा पिसिआर गर्न स्वाब संकलन गरि पठाइएको उनीहरुको रिपोर्ट आएपछि थप निर्णय गर्ने उहाँले बताउनु भयो । बुधबार अस्पतालमा ९७ जना स्वास्थ्य कर्मीको आरडिटी टेष्टमा गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

 

Shares

Dikshan Online TV

Be the first to comment on "प्रस्ताबित चरिकोट अस्पताल ३ दिनको लागि मात्र बन्द गरीएको हो ःमेयर केसी"

Leave a comment

Your email address will not be published.


*