फिजियो थेरापी सेवा बन्द हुन लागेपछि सेवाग्राही मर्कामा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा÷ चरिकोट –दोलखाको सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा सञ्चालित फिजियो थेरापी सेवा बन्द हुन लागेपछि यहाँबाट सेवा पाइरहेकाहरु मर्कामा पर्न लागेका छन् । वागमती प्रदेशबाट यस सम्बन्धी दरबन्दी सिर्जना नगरेको र करिब पाँच वर्षदेखि सञ्चालमा ल्याउने एक गैरसरकारी संस्था पनि हट्न लागेपछि सेवा पाइरहेकाहरु मर्कामा पर्न लागेका अस्पतालका फिजियो थेरापिस्ट डा. मुकेश यादवले जानकारी दिनु भयो । उहाँका अनुसार सन् २०१८ देखि हयान्डी क्याप इन्टरनेसनलको आर्थिक सहयोगमा अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संस्थामार्फत सञ्चालनमा आएको यो सेवा डिसेम्बर २०२२ मा बन्द हुँदैछ । गैरसरकारी संस्थाको समय पुगेको छ । प्रदेशले पनि वास्ता गरेको छैन । निःशुल्क यो सेवा बन्द हुँदा सयौँ बिरामीहरु मर्कामा पर्ने छन् । अहिले प्रतिमहिना साढे पाँच सयले सेवा पाइरहेका छन् । यसमा ६० प्रतिशत नयाँ र ४० प्रतिशत पुराना बिरामी रहेका छन् । अतिअसहायहरुलाई घर घरमै सेवा दिने गरिएको बताउँदै फिजियो थेरापिस्ट डा. यादवले भन्नु भयो, “वर्षेनी ह्विल चेयर, वैशाखी, बेल्ट, लौरोलगायतका ५५ थरिका सामग्री पनि वितरण गरिँँदै आइएको छ ।” यहाँबाट कसरत, विद्युतीय उपकरण र म्यानुयलबाट सेवा प्रदान गरिन्छ । नसा च्यापिएको,मुख बाङिगएको, ढाड, घाँटी दुखेकोलगायतका रोगको सेवा दिँइँदै आएकोमा यो सेवा बन्द भएपछि ठू्रलो रकम खर्च गरेर उपचार गर्न नसक्नेहरु बढी मर्कामा पर्ने बताइन्छ ।
अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेका अनुसार ५० शय्याको अस्पतालमा जनशक्ति अभाव भएसँगै सेवा प्रभावित हुन थालको छ ।
स्थायी नौ जनाबाहेक प्रदेसले तोकेको करारका पाँच विशेषज्ञ, चार मेडिबल अफिसरलगायत ३३ दरबन्दीमध्ये नौ जना मात्र रहेका छन् । पहिला कार्यरत ५२ जना करारको व्यवस्था कसरी हुन्छ भन्ने अहिलेसम्म यकिन छैन । अस्तव्यस्तले अस्पताल सञ्चालन भइरहेको छ ।

.

Shares

Dikshan Online TV

Be the first to comment on "फिजियो थेरापी सेवा बन्द हुन लागेपछि सेवाग्राही मर्कामा"

Leave a comment

Your email address will not be published.


*