फेसबुकमा हालेर प्रचार गर्ने हैन, जनताले गर्ने हो ः मेयर केसी

मेयर भरत के.सी.मेयर भरत के.सी.

ताजा समाचारको लागि फलो गर्नुहोस ।

         दोलखाको भीमेश्वर नगरपालिकामा भरत बहादुर केसी नगरप्रमुखको रुपमा निर्वाचित भएको २ वर्ष भएको छ । केसी नगरप्रमुख भएपछि के कस्ता उपलब्धि नगरले हासिल ग¥यो, पर्यटन प्रवद्र्धन र जैविक विविधता जोगाउन कस्ता योजना   बनाएको छ । यही सेराफेरोमा दीक्षण दैनिकको लागि सहकर्मी ईश्वर विश्वकर्माले गरेको अन्तबार्ता

तपाई भीमेश्वर नगरपालिकाको प्रमुखमा निर्वाचित भएको २ वर्षको अवधिमा नगरमा के कस्ता उपलब्धीहरु हासिल भयो ?

हामीले विभिन्न क्षेत्रमा उपलब्धीहरु हासिल गरेका छौँ । शैक्षिक क्षेत्रको व्यवस्थापन र शैक्षिक गुणस्तर वृद्धि भएको छ । अङ्ग्रेजी माध्यममा पढाई सुरु गरेका छौँ । भौतिक पुर्वाधार तर्फ सडक विस्तार र स्तरउन्नोतिमा जोड दिएका छौँ । पर्यटकिय पार्कहरु निर्माण सुरु गरेका छौँ । मयुर पार्क, साइन्स पार्क, चिडिया खाना निर्माण गर्ने नीति निर्माण सहित निर्माण सुरु गरेका छौँ । क्लाइमिङ, क्यानोनिङ साहसिक खेलका लागि डिपिआर निर्माण तथा बजेट विनियोजन गरेका छौँ । खेलकुद क्षेत्रको विकासका लागि टुँडिखेल मर्मत, एक वडा एक खेलमैदान अनुसार अगाडी बढेका छौँ । जस अनुसार अहिले भीमेश्वर नगरपालिका ५ धरमघरमा, भिनपा ७ को कम्पनी, भिनपा ८ मा खरिढुङ्गामा, ९ वडामा खेलमैदान निर्माण गर्ने योजना अघि बढाइएको छ । धार्मिक क्षेत्रमा माहाङ्काल मन्दिर निर्माणका लागि जग्गा खरिद का लागि कार्य भएको र केहि वडा कार्यालयहरु निर्माण र व्यवस्थापन गरेका छौँ । हरेक क्षेत्रमा लङ् ट्रम भिजन अनुसार कार्यहरु भईरहेको छ ।

 भीमेश्वर नगरपालिमा पहिलो चोटी चिडियाखाना बन्दैछ । चिडियाखाना कस्तो बन्दै छ नि  ?

हामीले परिकल्पना गरेको चिडियाखाना अहिले नेपालमा रहेका चिडियाखाना भन्दा भिन्न प्रकृतिको छ । जनावरलाई खोरमा राख्ने भन्दा पर्नि आवश्यक हिड्न, डुल्न, खेल्न, खानको लागि त्यो खालको वातावरण सिर्जना गर्नेछौँ । त्यो प्रकारको भुमि, स्पेस दिने गरि हामीले योजना बनाएका छौँ । १० हेक्टर क्षेत्रफलमा चिडियाखानाको लागि हामीले डिपिआर तयार पारेका छौँ । यस आर्थिक वर्षमा कार्य सुरु गर्न केहि बजेट विनियोजन पनि गरेका छौँ । डिपिआर अनुसार कार्य योजना बढाउने लक्ष्य लिइएको छ । यसै भीमेश्वर नगरपालिका ५ विरुवामा मयुरपार्क निर्माणका लागि यसपालि केही केज निर्माण गरेको हुनाले केहि मयुरहरु केजमा राख्ने र सुरुवात गर्ने लक्ष्य रहेको छ । सम्बृद्ध भीमेश्वर नगर निर्माण गर्न र पर्यटकिय गन्तव्यको रुपमा निर्माण गर्न पार्कले ठुलो भुमिका राख्दछ । भ्युटावर व्यवस्थापन लगायतका कार्य पर्यटन क्षेत्रमा गरेका छौ । जसले भीमेश्वर नगरलाई सम्बृद्ध र पर्यटकिय गन्तव्यका रुपमा निर्माणका लागि ठुलो भुमिका हुने आशा लिएका छौँ ।

चिडियाखाना १० हेक्टर क्षेत्रफलमा बन्दै छ । सो चिडियाखाना कहाँ बन्दै नि ?

भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ को माथिल्लो भेग अर्थात भ्युटावरको करिब ५ किलो मिटर पुर्वमा चिडियाखाना बनाउन डिपिआर तयार गरेका छौँ । आगामी वर्षका लागि केहि बजेट विनियोजन गरेका छौँ । जसले चिडियाखाना निर्माण शुरुवात गरिने छ ।

 बजारका सडकमा जथाभावी राखिएका निर्माण सामाग्री हटाउने अभियान थालनी गर्नु भएको थियो तर पछि हट्नु भयो नि ?
म पछि हटेको छैन । नगरपालिकाले हरेक गतिविधीको प्रचरात्मक र नमुना अभ्यास गरेर देखाउने हो । गर्ने भनेको जनता, नागरिक, टोल, समुदायले नै हो । नागरिकलाई डन्ठा लाउनु उचित हुदैन । हामीले एकचोटी बजारमा सरसफाई कार्यक्रम ग¥यौँ । फुटपाथका निर्माणका सामान हटायौँ । बजारवासीले साथ पनि दिनुभयो । नागरिकहरुले नै बुझ बचाएपछि हामीले के गर्नु तर हामीले उहाँहरुलाइ सचेतना कार्यक्रम अगाडि बढाउन पर्ने देखिन्छ । त्यसकारण आगामी आर्थिक वर्षको साउन पछि नागरिकहरुलाई सचेतना कार्यक्रम अगाडि लान्छौँ । उहाँहरुकै साथ सहयोगमा जसको नीति उसकै नेतृत्व भने झै जसको घर आँगन उसकै सरसफाई गर्ने नीतिका साथ अगाडि बढ्छौँ । हाम्रो बनेका सडकहरुमा ग्राडेनिङदेखि लिएर सहरी सौन्दर्यका कार्य अगाडि बढाउने छौँ ।

शैलुङ गाँउपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक सोलिङ गर्ने कार्य भएको छ । जसलाई दोलखाकै नमुनाको रुपमा लिइएको छ । हजुरलाई यस विषयमा के भन्न चाहनुहुन्छ ?

कसले के ग¥यो ?मसंग सरोकारको विषय हैन । यो रोजगार कार्यक्रम दक्ष नभएका व्यक्तिहरुलाई ५ सय रुपैँया दिने हो । जिल्ला दर अनुसार ७ सय रुपैँया पर्छ ,तर मेनलि चाँहि ५ सय १७ रुपैँया हो । ५ सय १७ उसले पाउने रोजगार भनेको अदक्ष काम नै हो । शैलुङ गाँउपालिकाले राम्रो काम ग¥्यो । उहाँहरुलाई बधाई छ । मेरो धारणा के छ भने भीमेश्वर नगरपालिकाले पनि नालाको विस्तार गर्ने गोरेटो बाटो मर्मत गर्ने, कतिपय खानेपानीको कार्य गरेका छौँ । मेरो धारणा के छ भने मैँले गरेको कामको चर्चा मैले नै फेसबुकमा हालेर प्रचार गर्ने हैन । आम नागरिकले काम हेरेर मुल्याङ्कन गर्ने हो । नराम्रो काम गरे खबरदारी गर्ने हो । राम्रो काम गरे स्याबासी दिनुपर्ने होला । मैले गरेको काम फेसबुकमा आफैले प्रचार गर्ने बानी छैन । म यस विषयमा यति नै भन्न चाहान्छु ।

भीमेश्वर नगरपालिकाले आगामी आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ । बजेटमा जनताले कस्तो सामाजिक सुरक्षा पाउछन ?
अब हामीले भीमेश्वर नगरपालिकाको बजेट विनियोजन गर्दा अत्यन्तै बैज्ञानिक र व्यवहारिक ढंगले गरेका छौँ । साथै हाम्रो नगरको प्रोफाइल तयार भईसकेकाले त्यसलाई आधार मानेर वडा नम्बर १ र ९ कम सम्पन्नता र भौगोलिक विकटता भएकाले प्राथमिकतामा राखेका छौँ । हामीले भीमेश्वरको सम्वृद्धिका लागि पर्यटनलाई प्राथमिकतामा राखेका छौँ । भीमेश्वरको सम्वृद्धि केमा आउछ भन्दा नगरको प्रोफाइलले देखाईसकेको छ । त्यसमा पनि नेपाल सरकारको सुत्रअनुसार बजेट प्रस्तुत गरेका छौँ । त्यसअनुसार बजेट विनियोजन गरि क्षेत्रगत विकास गर्नेछौँ । भौतिक विकास र सामाजिक क्षेत्रमा दावाका साथ भन्छु हामीले आर्कषक र सबभन्दा बढि बजेट विनियोजन गरेका छौँ । हवस त धन्यवाद ।

 

Shares

Dikshan Online TV

Be the first to comment on "फेसबुकमा हालेर प्रचार गर्ने हैन, जनताले गर्ने हो ः मेयर केसी"

Leave a comment

Your email address will not be published.


*