दोलखा,२६ भदौ । गएको भदौ १७ गते आमाको मृत्यु भएको र एक बर्ष अगाडि बाबुले सुसाईड गरेर मृत्यु भएपछि चार बालबालिका बिचल्नीमा भएको खबर सामाजिक सञ्जालमा आएपछि बालबालिकाको सहयोगका लागि बिभिन्न क्षेत्रबाट सहयोग जुटेको छ ।
करिब दश लाख रुपैया ऋण लागेपछि दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर १ कालिन्चोकका गणेश थामीले एक बर्ष अगाडि आत्महत्या गरेका थिए । श्रीमानकाे मृत्यु पछि उनकी श्रीमति अमृता थामीले आफ्ना चार जना छोरा छोरी चरिकोट सदरमुकामको एक होटलमा काम गरेर पालनपोषण गर्दै आएकी थिईन् । श्रीमति अमृतिको पनि गएको १७ गते सामुदायिक अस्पताल चरिकोटमा मृत्यु भएपछि पत्रकार गोकर्णप्रसाद भण्डारीले बालबालिकाको सहयोगका लागि आफ्नो फेसबुक मार्फत अपिल गरेका थिए । त्यसपछि दाेलखाका विभिन्न संघ संस्थाले सहयाेगकाे लागि अपिल गरेका थिए । बिभिन्न ब्यक्तिहरुले बालबालिकाको सहयोगका लागि रकमहरु संकलन गरि पत्रकार भण्डारी मार्फत बैंकमा जम्मा गर्ने काम र सिधै बैकमा जम्मा गर्ने कार्य समेत भईरहेको छ । यसैक्रममा थामी परिवारले भुकम्प पिडितको घर निमार्णका लागि लिएको मेगा बैङ्क चरिकोट शाखाको एक लाख तिन हजार पाँच सय रुपैया नेपाली कांग्रेसका युवा नेता तथा ब्यवसायि प्रभुराम श्रेष्ठले आज चुक्क्ता गरिदिनु भएको छ । श्रेष्ठले पत्रकार भण्डारी मार्फत सो रकम पठाई मेगा बैङ्कमा ऋण चुक्क्ता गरिदिनु भएको हो । श्रेष्ठले बालबालिकाको पठनपाठनमा समेत चासो दिनुभएको थियो । श्रेष्ठले बालबालिकाको भबिष्य हेरेर मेगा बैङ्कले थामि परिवारको जग्गा लिलाम नगरोस भनि आमाबाबु गुमाएका बालबालिकालाई हौसला प्रदान गर्न पनि ऋण चुक्क्ता गरिदिएको बताउनु भयो । तत्कालिन प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा पौडेलको अनुरोधमा बालबालिकाको पठनपाठनको जिम्मा एसोएस बालग्राम बनेपाले लिएको छ । बालबालिकालाई बिभिन्न क्षेत्रका ब्यक्तिहरुले समेत सहयोग गरिरहेका छन् । अमेरिकामा रहनु भएका नेपाली कांग्रेस दोलखाका नेता सानु शेर्पाको अगुवाईमा पनि एक लाख ५१ हजार एक सय नब्बे पत्रकार भण्डारीलाई पठाईएको छ । पत्रकार भण्डारीले सो रकम ग्लोबल आईएमई बैङ्क चरिकोट शाखामा खाता खोलि रकम जम्मा गरिदिएका छन् । त्यसैगरि बालबालिकालाई समाजसेबि एबं राप्रपाका केन्द्रिय सदस्य सोभित उप्रेतिले पनि २५ हजार रकम सहयोग गरेका छन् । बालबालिकालाई दोलखा भिनपा १ सुस्पाक्षमावतिका अन्नपुर्ण न्युरो अस्पतालमा कार्यरत उज्जवल शिवाकोटीले पनि दश हजार सहयोग गरेका छन् ।दोलखाका अन्य बिभिन्न ब्यक्तिहरुले पनि बालबालिकाको खातामा सहयोग गर्ने क्रम जारि रहेको छ । दोलखाका समाजसेबि युवा कर्मा शेर्पाले पनि ५ हजार सहयोग गरेका छन् भने अन्य बिभिन्न ब्यक्तिहरुले दिएको ५७ हजार पाँच सय रुपैया ग्लोबल आईएमई बैक चरिकोट शाखामा जम्मा गरिएको छ । एसोएस बालग्राममा लैजाने तयारि गर्ने क्रममा बालबालिकाको स्वाभ चेक गर्दा तिन बालबालिकामा कोरोना पुष्टि भएपछि उनिहरुको प्रस्ताबित चरिकोट अस्पतालमा उपचार भईरहेको छ ।
फेसबुकले जुटायो सहयोग ,कांग्रेस नेता प्रभुराम श्रेष्ठले चुक्क्ता गरिदिए बैकको ऋण

Be the first to comment on "फेसबुकले जुटायो सहयोग ,कांग्रेस नेता प्रभुराम श्रेष्ठले चुक्क्ता गरिदिए बैकको ऋण"