बर्ड फ्लु नियन्त्रणमा आयातित चल्ला नष्ट

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, १६ चैत
झुलेमा प्रहरीले ८ सय वटा चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्लामा बर्ड फ्लु भित्रिन नदिनका लागि कडाइ गरेको स्थानीय प्रशासनले काठमाडौंदेखि झुले चल्ने बसमा लुकाई छिपाई ल्याएका ८ सय लेस कुखुराको चल्ला शनिबार छौंडे प्रहरीले चेक जाँचका क्रममा नियन्त्रणमा लिएर नष्ट टरेको हो ।
विभिन्न जिल्लाहरुमा फैलिएको वर्ड फ्लु रोग र सो को कारण यस जिल्लामा समेत वर्ड फ्लु फैलिन सक्ने जोखिमलाई बिश्लेषण गरी नियन्त्रण गर्ने वर्ड फ्लु नियन्त्रण जिल्ला समितिको निर्णय अनुसार अनिश्चितकालीन रुपमा बाहिरी जिल्लाहरुबाट आयात गरिने मासुजन्य पदार्थ –कुखुरा, चल्ला र अण्डा लाई निरुत्साहित गर्ने कार्य सुरु भएको थियो । बाहिरी जिल्लाबाट मासुजन्य पदार्थ आयत कर्दा पशु सेवा विज्ञ कार्यालयको पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ । तर पशु सेवा कार्यालयको कुनै स्वीकृति आयत गरेका कारण चल्ला नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए ।
दोलखा पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पुर्व स्वीकृति लिएर मात्र आयात गर्न व्यवसायीहरुलाई आग्रह गर्दै सूचना समेत जारी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी समेत रहेको प्रहरी निरीक्षक महतले पूर्व स्वीकृति नलिई जिल्ला भित्रिन लागेका मासुजन्य पदार्थ बोकेका जम्मा १२ वटा सवारी साधनलाई जिल्ला प्रवेश नाकामा रहेका प्रहरी इकाईहरुबाटै फिर्ता पठाएको जानकारी दिए । दोलखाका प्रहरी चौकी किर्नेटार, किराँतीछाप र खरिढुङ्गाले यस्ता गाडी फिर्ता गरेको हो ।
दोलखामा मासुको माग बढेका कारण भारत र तराईका जिल्लाबाट बोइलर कुखुरा र अण्डा आयत हुँदै आएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "बर्ड फ्लु नियन्त्रणमा आयातित चल्ला नष्ट"

Leave a comment

Your email address will not be published.


*