काठमाडौ– अमेजानका मालिक जेफ बेजोस सबैभन्दा धनी अर्बपति बनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने २२२ औं स्थानमा धकेलिएका छन् । फोर्ब्स म्यागनिजका अनुसार राष्ट्रपति ट्रम्पको सम्पत्ति ३.५ बिलियन डलरबाट घटेर ३.१ बिलियन डलर भएको छ । न्यूयोर्कको सम्पत्तिको मूल्यमा आएको गिरावट र गर्ल्फ कोर्सको आम्दानी घटेका कारण ट्रम्पको सम्पत्ति घटेको बताइएको छ । विश्वका अर्बपतिहरुको सूचीमा पहिलो नम्बरमा जेफ बेजोस आएका छन् । उनको सम्पत्ति ११२ बिलियन डलर छ र यो गत वर्षको भन्दा ३९.२ बिलियन बढी हो । विश्वका अर्बपतिहरुको सूचीमा २ हजार २०८ अर्बपतिहरु सूचीकृत भएका छन् । नेपालका विनोद चौधरी पनि यो सूचीमा छन् ।
बेजोस बने सबैभन्दा धनी, बिलगेट पछि परे
Posted By: दीक्षण दैनिक २३ फाल्गुन २०७४, बुधबार ०९:००
१० माघ २०८१, बिहीबार १९:०६
२०८१ माघ १० गतेको क्लिक गरेर Epaper पढ्नु होस
११ माघ २०८१, शुक्रबार ११:५३
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
११ माघ २०८१, शुक्रबार १०:१६
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
११ माघ २०८१, शुक्रबार १८:३१
Be the first to comment on "बेजोस बने सबैभन्दा धनी, बिलगेट पछि परे"