भारतले तत्कालै कालापानिबाट सेना फिर्ता गर्नुपर्दछ–पोखरेल

आनन्दप्रसाद पोखरेल केन्द्रीय सदस्य (नेकपा) एवम् पूर्व मन्त्री

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –पुर्व पर्यटक मन्त्री तथा नेकपाका केन्द््िरय सदस्य एवंम ३ नम्बर प्रदेशका सचिब आनन्द प्रसाद पोखरेलले भारतले तत्कालै कालापानिबाट सेना फिर्ता गर्नुपर्ने बताएका छन। आज सामाजिक संन्जाल फेसवुकमा आफ्नो यस्तो प्रतिक्रिया दिएका छन ।
नेपालको अखण्डतालाई कमज़ोर बनाऊने र भारतीय सेना कालापानिमा राख्न अनुमति दिने काम तत्कालिन राजा महेन्द्रले सन १९६२ गपचुपमा गरे । नेपालको भूमि कालापानी लिमपियाधुरा र लिपुलेक लगायतका मिचिएको भुमि नेपालले प्रमाणित तथ्य र अन्तराष्ट्रीय मान्यताको आधारमा जस्ताको तस्तै फिर्ता लिनु पर्दछ । आजको दुनियामा पनि भारतले नेहरुकालीन विस्तारबादी सोचलाई मुर्तरुप दिदै नेपाली भुमिलाई भारतीय नक्शामा गाभ्ने भारतीय शासक गुटका नेता मोदीजी लाई नक़्शा सच्याऊन र भारतबाट अतिक्रमीत सम्पुर्ण भुमि फिर्ता गर्न र तत्कालै कालापानि बाट सेना फिर्ता माग गर्दछु । नेपाल सरकारका प्रधान मन्त्रि केपी शर्मा ओलि जसले औपचारिक रुपमा पहिलो चोटी भारतीय सेना कालापानिमा भएको तथ्य उजागर गर्नु भएको थियो।अहिले उहाँ नै बर्तमानमा प्रधान मन्त्रि हुन्छ । त्यसलै नेपाली जनताले तपाई माथि बिश्वास र भरोशा गरेकाछन । तपाईको नेतृत्वमा नेपाली जनता एकजुट भएर भारतीय बिस्तरबादको बिरुधमा सबैखाले संघर्ष गर्न तयार छन । पुन एक पटक नेपालको अखण्डता , सार्बभौमसत्ता र राष्ट्रीय हित रक्षाको लागि संघर्षमा जुटौ । अतिक्रमणकारी बिस्तारबादि ताकतलाई पराजित गरौ। नेपाल सार्बभौमीकता र अखण्डताको राक्षा गरौ !बिर पुर्खाको हामि सन्ततिले प्राप्त गरेको पुर्खाको नासो नेपाललाई संबृद्ध बनाऊँ र जोगाऊ ।

Shares

Dikshan Online TV

Be the first to comment on "भारतले तत्कालै कालापानिबाट सेना फिर्ता गर्नुपर्दछ–पोखरेल"

Leave a comment

Your email address will not be published.


*