भिमेश्वरका नगरपालिका मेयरलाई चिठी

लेखक आर्ट अफ लिभिङ  नब चेतना बाल चेतना प्रशिक्षक समेत हुन ।

ताजा समाचारको लागि फलो गर्नुहोस ।

मेयरलाई चिठी आदरणिय

मेयर ज्यु नमस्कार

भिमेश्वर नगरपालिका चरिकोट, दोलखा सर्वप्रथम त विगत २० वर्षको अस्थिर र राजनीतिक सर्वदलीय ब्यवस्थाको अन्तय सगै भएको देशमा स्थानीय तहको निर्वाचनमा यस भिमेश्वर नगरपालिकाको बहुमत मत प्राप्त गरि निर्वाचनमा जित हासिल गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । देशमा भएका आम निर्वाचनको माध्यम बाट आफ्नै घर आँगन छरछिमेकिकै चिनजान भएका जनप्रतिनिधि पाउन हामीले गरेको मतदान र यसले ल्याउने परिवर्तनको आशा जिवितै रहेको छ। हामी आम दोलखालीको र नेपाल भरिकै सम्भावना र विकास ले छोयको र आस्थाको प्रतीक दोलखा भिमेश्वको नामबाट नामांकित यस नगरपालिकाको आफ्नै धार्मिक, साँस्कृतिक, पर्यटन र पुर्वाधार को विकासको पर्खाइमा रहेको पालिकाको विकास र समृद्धिमा तपाईंको पाइला कति र कस्तो ढङ्गले चलिराछ भन्नेकुराले निर्धारण गरिरहेको छ । नगरपालिकाको विगत र वर्तमानको तुलनात्मक हिसाब गर्दा केही उल्लेखनीय काम हरु भएका पनि छन र अन्य कुराहरूमा पनि तपाईंको उत्साहजनक निर्णय र विकास प्रतिको लगाव र धारणाले पनि जनता उत्साहित छन । निर्वाचनको १ वर्षको अन्तरालमा नगरपालिकाले गरेका निर्णय र राजधानी समेत जोड्ने अरनिको राजमार्गमा दोलखाको सदरमुकाम को मुटुमा रहेको नयाँ बसपार्क देखि सातदोबाटो घ्यावोपानि सम्मको वर्खामा हिलाम्मे र हिउँदमा धुलामे भइ हैरानी खेपेका आम नागरिकको चासो र चिन्ता बनेको यो सडकलाई छिटोभन्दा छिटो ठेकेदारलाइ ताकेता गरि निर्माण कार्य सम्पन्न गरेकोमा आम नागरिकले जनप्रतिनिधिले गर्ने काम र कर्मचारीको ढिलासुस्ति प्रवृत्तिलाई राम्रोसँग मुल्यांकन गर्न पायौं साथै यस्ता अनेकौ कामहरू भएका छन यसले गर्दा आम जनताले २० वर्षको स्थानीय निर्वाचन नभइ जनप्रतिनिधि नपाएको पीडा र कर्मचारीले दिने हैरानी र सर्वदलीय राजनीति सिस्टमको मुल्यांकन गरिसकेका छन । भिमेश्वरको विकास र समृद्धिको ढोका तपाईंको पालामा खोलिनुपर्ने र विगतमा नेपाल भरिकै उत्कृष्ट भएको भिमेश्वर नगरपालिका अहिले जताततै र अव्यबस्थित रुपमा बनेका भवन र भुकम्पको चपेटामा परेको भिमेश्वर नगरपालिकालाई अबनको पाँच वर्षको अन्तरालमा कतातिर लाने भन्ने दिशानिर्देश तपाईंको निर्णय र चाल्ने कदमले निर्धारण गर्दछ। यसर्थ अहिले देखियका केही विकासका काम र परिवर्तनले मात्रै यहाँको दिशानिर्देश गर्दैन । चुनाबको वेलामा गरेको प्रतिबद्धता र घोषणापत्र अनुसार के कति कामहरू भइरहेका छन र किन हुन सकेका छैनन् यश विषयमा गहन आत्मसमिक्षा साथै वडामा के कस्ता सेवासुविधाको जनताले प्रत्याभूति र छिटोछरितो रुपमा पहिलेको भन्दा गुणस्तरीय काम भएको छ कि छैन र हुन सकेको छैन भने किन र कसरी हुन सकेन भन्ने विषयलाई जोड दिई जनप्रतिनिधिले प्रदान गर्दै आएको सेवासुबिधालाइ समेत आम नागरिक मार्फत पुर्‍याउन तर्फ पनि लाग्नुपर्छ यसले जनतालाई जनप्रतिनिधि हाम्रो सेवामा नै समर्पित भएको आभाष समेत हुनेछ । यो समय भनेको परिणाममुलक विकास देखापर्नु पर्ने समय हो। जनता देशमा गएको २०७२ को विनाशकारी भुकम्पको चपेटामा परेको अतिप्रभावित जिल्लामा पर्ने दोलखा र यो भनेको जिल्लाकै पहिलो र अगुवा पालिका भएकाले यसले पहिल्याउने बाटो र यहाँको विकास बाट नै अन्यत्र पालिकाले अनुसरण गर्ने भएकाले यो नयाँ वर्षको सुरुवात सगै विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल गरियको दोलखा भिमेश्वर र यहाँको धार्मिक तथा साँस्कृतिक पर्यटकीय नगरी दोलखा बजारको बजारिकरण ब्यवस्थापन र अब बन्ने संरचना कस्तो बनाउने यसले पछिसम्म हाम्रो प्रर्यटन प्रवर्द्धनमा पुर्‍याउने सहयोग समेतको निर्धारण गर्दछ। साथै नेपालको दार्जिलिङको झल्को दिन सहर चरिकोटको विकास र यसमाथि बन्ने संरचनाको आकार र मौलिकता कस्तो हुने भन्ने जस्ता निर्णयहरुमा सम्पदाबिद तथा विकासविदको सहयोग लियर निर्माण गर्दा राम्रो हुनसक्छ साथै अहिलेको स्थानीय तहको निर्वाचन र संरचनाको आधारमा गाउँपालिका केन्द्रित आम जनसमुदायको आकर्षणको कारण दिनप्रतिदिन चरिकोट बजार शून्य भइरहेको छ यसलाई पुनःस्थापना गर्नका लागि चरिकोटमा विकासका काम नभए तापनि बस्नसक्ने बाताबरण बनाउनुपर्ने तर्फ पर्यटन प्रवद्धन गराउन लाग्नुपर्ने हुन्छ यसले गर्दा चरिकोटको व्यापार व्यवसाय र चहलपहलमा थप उर्जा समेत लगानीकर्तामा पर्न सक्छ यसमा ठोस पहल चाल्नपर्ने अवस्था रहेको छ मेयर ज्यु । यो चिठि लेखिरहदा २०७५ सालका पनि केही दिन गइसकेका छन् आम नागरिक प्रत्येक दिन विकास र परिवर्तनको सुरुवात भएको हेर्न चाहन्छन त्यसकारण यो वर्ष विकास र परिवर्तनको वर्ष बन्ने खालका पहल कदम चाल्ने उर्जा मिलोस शुभकामना ब्यक्त गर्न चाहन्छु ।

ईस्वर दहाल 

Shares

Dikshan Online TV

Be the first to comment on "भिमेश्वरका नगरपालिका मेयरलाई चिठी"

Leave a comment

Your email address will not be published.


*