भीमेश्वर नगरपालिकामा कुकुर बन्ध्याकरण शिविर सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

रिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिकामा १ सय ३९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भीमेश्वर नगरपालिकाको आयोजना तथा नेपाल एनिमल वेयल्फेर एण्ड रिर्सचर सेन्टरको प्राविधिक सहयोगमा बन्ध्याकरण गरिएको हो । ७६ वटा भाले र ६३ पोथी कुकुरको बन्ध्याकरण गरिएको भीमेश्वर नगरपालिकाका पशु प्राविधिक शंकर पाठकले जानकारी दिनु भयो । “आफ्नो मनलाई उच्च पारौ, कुकुर हैन रेविज मारौ “ भन्ने नाराका साथ बन्ध्याकरण शिविर सञ्चालन गरिएको थियो । बन्ध्याकरण शिविर तीन दिनसम्म चलेको उहाँले जानकारी दिनु भयो ।

Shares

Dikshan Online TV

Be the first to comment on "भीमेश्वर नगरपालिकामा कुकुर बन्ध्याकरण शिविर सम्पन्न"

Leave a comment

Your email address will not be published.


*