दोलखा — लामोसाँघु-जिरी सडकअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका-६ महादेव खोला नजिकै जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-६ चोथाङका ५४ वर्षीय ज्ञानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान प्रदेश नं ३-०१-०२४ नम्बरको चरिकोटतर्फ आउँदै गरेको जिपले पैदल हिँडिरहेका तामाङलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । तामाङको चरिकोटको च्छो-रोल्पा जनरल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भीमेश्वर नगरपालिका-६ मा जिपको ठक्करबाट एकजनाको मृत्यु
Posted By: दीक्षण दैनिक ५ पुष २०८१, शुक्रबार १८:२८
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
२०८१ माघ २ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
Be the first to comment on "भीमेश्वर नगरपालिका-६ मा जिपको ठक्करबाट एकजनाको मृत्यु"