भीमेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाको २१ औ सधारण सभा सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

भिरकोट – दोलखाको तामाकोसी गाउँपालिकामा रहेको भीमेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाको २१ औ साधारण आज सभा सम्पन्न भएको छ । साधारणसभाको ३ नंम्बर प्रदेशका सांसद विशाल खडकाले उद्धघाटन गर्दै संस्थाको विकासका लागि नीति निर्माण तहमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
संस्थाका अध्यक्ष श्यामकाजी कटुवालले हाल संस्थामा ६ हजार ५१ जना सदस्य रहेको जानकारी दिए । साधारण सभामा सहकारीमा हाल वासलात पँुजी ३३ करोड ३९लाख ८५ हजार ,४सय ६ तथा शेयर पँुजी २ करोड ६६हजार १ सय रहेको संस्थाका अध्यक्ष कटबालले जानकारी दिए ।
वचत तर्फ २५ करोड ५१ लाख ६८हजार ४सय १४ रुपैया तथा ऋण लगानी २८ करोड ७३ लाख२५हजार ३सय ९१ भएको संस्थाका सचिब सिताराम उप्रेतीले बताए । पशुपंक्षी पेलेट दाना उद्योगमा लगानी १ करोड ३८ लाख ५३ हजार २ सय ४२ ,जगेडा कोषमा १ करोड २लाख ४हजार ६ सय ८१ रहेको ब्यवस्थापक मेघराज घिमिरेले जानकारी दिए। सहकारीले यो बर्ष ८७ लाख ७१ हजार २ सय ९५ नाफा गरेको कोषाध्यक्ष बलराम कार्कीले जानकारी दिए । अगामी आर्थिक वर्ष सहकारीले वासलात रकम ३७ करोड ५,९लाख ७९हजार ३सय ३९ पु¥याउने लक्ष्य लिएको छ । नाफा १ करोड ३९ लाख २१हजार ,६सय १२ पु¥याउने योजना रहेको ब्यवस्थापक घिमिरेले जानकारी दिए ।

Shares

Dikshan Online TV

Be the first to comment on "भीमेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाको २१ औ सधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*