माओवादी केन्द्र दोलखाद्धारा संघ र प्रदेशमा उम्मेद्वार सिफारिस (नामावली सहित)

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) – नेकपा माओवादी केन्द्र दोलखाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रले ६ जनाको नाम सिफारिसको सुचीमा राखेको छ । माओवादी केन्द्र संघको प्रत्यक्षमा देवी खड्का, गंगा कार्की , विशाल खड्का, शंकर लामा, गोपाल पाण्डे र हेम श्रेष्ठलाई सिफारिस गरेको छ ।केन्द्रले संघमा समानुपातिकतर्फ छिरिङ शेर्पा, नरबहादुर पाख्रिन, सोम बहादुर तामाङ, टेक बहादुर थामी र मेख बहादुर खातीको नाम सिफारिस गरेको प्रदेश क्षेत्रीय समन्वय कमिटीका क संयोजक पुष्कर अधिकारीले जानकारी दिनु भयो । माओवादी केन्द्रले जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष तर्फ आङ्गडेन्डी शेर्पा, बिमर्शराज कार्की, बासुदेब पोखरेल, भिम बहादुर श्रेष्ठ बलराम थापा, नविन जिरेल र हिमाली गोलेको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
यस्तै समानुपातिक तर्फ भगवती प्रधान, रिता रिमाल, किशोर कुमार दहाल, कृष्ण बहादुर कार्की, लालकाजी तामाङ्ग, प्रेम थोकर, टंक खाती उद्धव, तेज बहादुर तमाङ्ग, भिमबहादुर श्रेष्ठ, लालकाजी तामाङ र टंकबहादुर खाती सिफारिस गरेको छ । यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ गोपाल पाण्डे, कमल श्रेष्ठ, नरबहादुर पाख्रिन, नरेन्द्र लाई सिफासिस गरेको छ ।
समानुपातिक तर्फ ढालबहादुर लामिछाने, रिता रिमाल, डोल्मा थामी, लक्ष्मी थामी, कमला कार्की, निला कुमार श्रेष्ठ, राजेन्द्र नेपाली, शान्ता कार्की र सोमबहादुर तामाङको नाम सिफारिस गरेको अधिकारीले जानकारी दिनु भयो ।

Shares

Dikshan Online TV

Be the first to comment on "माओवादी केन्द्र दोलखाद्धारा संघ र प्रदेशमा उम्मेद्वार सिफारिस (नामावली सहित)"

Leave a comment

Your email address will not be published.


*