चरिकोट–निर्माणाधिन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले अर्को सफलता भेटेको छ । आयोजनाको डेढ महिना अघि मुख्य सुरुङ ब्रेक थ्रु गरेपछि उत्साहित बनाएकोमा पुर्न अर्को उत्साह थपेको हो ।
आयोजनाको सबैभन्दा चिन्ता र चासोको विषय बनेको सबैभन्दा ठूलो सामान विद्युत गृह छिरेको छ । ढुवानीकै कारण आयोजना स्थल पु¥याउन सक्ने कि नसक्ने भन्ने एक वर्ष अघिदेखिको चिन्ता सफलतामा परिणत भएको छ । आयोजनाको विद्युत उत्पादनमा प्रयोग हुने ६६ टनको एउटै ढिको एमएसओभी सहजै आयोजनाको विद्युत गृह छिरेको हो ।
सबैभन्दा ठूलो सामान बोकेको गाडी सहितको तौल १३० टन रहेको आयोजनाका अधिकारीहरुले जानकारी दिए । सामान बोकेको गाडीको भार र त्यसको उचाइका कारण काठमाडौं उपत्यका भित्रका कोटेश्वरदेखि भक्तपुरसम्मका आकोसे पुल, भक्तपुर र काभ्रे जोड्ने साँगाको गेट र केही पुलहरु समस्यामा पुर्ने आसंका थियो । ‘आयोजनाले साँगाको पुल भत्काउने वा सडकको भुइ खन्ने तयारी गरेको थियो’ आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भने ‘स्थानीयले अबरोध गरेपछि वैकल्पिक उपाय अपनायौं अहिले सजिलै आइपुग्यो ।’
ति ठूला सामान आएसँग अब लट ३ अन्तरगतको इलेक्ट्रिक तथा इलेक्ट्रोमेकानिकलका ठूला सामान ढुवानी सकिन लागेको छ । ठूला सामान बोकेका अन्तिम ५ वटा गाडी मुडे आइ पुगेका छन् । ति पनि एक हप्ता भित्र आयोजनास्थल पुग्ने अनुमान छ । अन्य सामान १२ चक्के गाडीबाट ढुवानी हुन सक्ने उनले बताए ।
एमएकओभी पेनस्टक पाइप र पावर हाउसमा पानी कन्ट्रोलको काम गर्छ । यस्ता सबैभन्दा ठूला सामान ३ वटा थिए ।
इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबीले काम गर्दै छ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अर्को सफलता,सबैभन्दा ठूला सामान विद्युत गृह छिरे

Be the first to comment on "माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अर्को सफलता,सबैभन्दा ठूला सामान विद्युत गृह छिरे"