मालुमा बाढी र पहिरोले १५ बढी घरमा क्षति

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, साउन ९
आइतबार राती वर्षासँगै आएको बाढी र पहिरोले तामाकोसी गाउँपालिका वडा नं. ४ मालुखोला बस्तीका घरपसल तथा विद्युत प्रसारण लाइनमा क्षति पुगेको छ । बस्ती माथीबाट आएको पहिरो र बाढी सहितको खोलाले धार परिवर्तन गरी बस्तीमा छिरेपछि करिब १५ भन्दा बढी घर र ४ वटा पसलमा पूर्ण रुपमा क्षति पु¥याएको छ । बाढी कारण ११ केबी विद्युत प्रसारण लाइनमा क्षति पुगेपछि तामाकोसी र मेलुङ गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । बाढी तथा पहिरोबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ । प्रभावित स्थानीयलाई उद्धार गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी रहेको वडाध्यक्ष नारायण खड्काले बताउनुभयो ।

Shares

Dikshan Online TV

Be the first to comment on "मालुमा बाढी र पहिरोले १५ बढी घरमा क्षति"

Leave a comment

Your email address will not be published.


*