चरिकोट (दीस) –मेलुङ गाउँपालिकाको अभिभावक विहिन बालबालिकालाई भत्ता वितरण गर्न सुरु गरिएको छ । बागमती प्रदेश, समाजिक विकास मन्त्रालयको आव २०७७÷०७८ को बार्षिक सशर्त अनुदान अन्र्तगत पालिकामा रहेका अभिभावक विहिन बालबालिकाकालाई भत्ता वितरण गर्न सुरु गरिएको हो । उनिहरुले मासिक २ हजार रुपैयाँका दरले भत्ता पाउने गाउँपालिकाका पञ्जिकरण तथा सामजिक सुरक्षा शाखाका एमआइएस अपरेटर नविन्द्र रिमालले बताए । अभिभावक विहिन बालबालिकाले आमा बुबाको अभाव महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसिमको समस्या नहोस् भन्ने उद्धेश्यका साथ बालबालिकालाई भत्ता वितरण सुरु गरिएको उनले बताए ।चालु आवमा पालिकाले संकलन गरेको तथ्याङक अनुसार पालिकाका ३५ जना बालबालिका अभिभावक विहिन रहेको पाइएको छ । जसमध्ये पालिकाको तथ्याङक अनुसार वडा नं. ४ मा सबैभन्दा बढी अर्थात् १५ जना अभिभावक विहिन बालबालिका रहेका छन् । त्यस्तै वडा नं. १ जना, वडा नं. २ मा १ जना, वडा नं. २ जना, वडा नं. ५ मा ६ जना, वडा नं. ६ जना, वडा नं. ७ मा ३ जना अभिभावक विहिन बालबालिका रहेको छ । उनिहरुलाई मासिक रुपमा भत्ता वितरण गरिने जनाइएको छ ।
मेलुङ गाउँपालिकाद्धारा अभिभावक विहिन वालबालिकालाई भत्ता वितरण सुरु

Be the first to comment on "मेलुङ गाउँपालिकाद्धारा अभिभावक विहिन वालबालिकालाई भत्ता वितरण सुरु"