चरिकोट (दीस) –मेलुङ गाउँपालिका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि सम्वन्धी दुई दिने कार्यक्रम शनिबार सम्पन्न भएको छ । मेलुङ गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा नागरिकलाई छिटो छरितो सेवा प्रदान गर्ने सहित २३ बुद्धे साझा प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको हो । कार्यक्रममा पालिकाले गरेको गतिविधि नियमित सञ्चार माध्यमबाट प्रकाशन प्रसारण गर्ने, मेलमिलाप नितिलाई प्रोत्साहन गर्ने, विकास निर्माणका कामलाई प्रभावकारी बनाउने लगायतका २३ वुद्धे साझा प्रतिवद्धता व्यक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्माले बताए । कार्यक्रममा पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागीहरुलाई उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुमगन समितिका अध्यक्ष काशीराज दाहाल र नवराज फुयाँलले प्रशिक्षण दिएका थिए । कार्यक्रम समापन समारोह गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा भएको थियो ।
मेलुङ गाउँपालिका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

Be the first to comment on "मेलुङ गाउँपालिका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न"