मेलुङ गाउँपालिका वडा नं ७ मा खाद्यान्न अभाव

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २३
दोलखाको मेलुङ गाउँपालिका वडा नं ७ मा खाद्यान्न अभाव भएको छ ।
लकडाउनका कारण खाद्यान्नको आपुर्ति नहुँदा वडामा खाद्यान्न अभाव हुन थालेको हो ।
वडाध्यक्ष नबराज खड्काका अनुसार आलु, गहुँ, मकै र धान लगायतको बाली वडामा कम उत्पादन भएको छ । वडाका अधिकाँश मानिस श्रमिक, बेरोजगार र अतिविपन्न रहेका छन् । लकडाउनका कारण खाद्यान्न आपूर्ति नहुँदा कतिपय भोकै बसेको फोन मार्फत गुनासो आउने गरेको वडाध्यक्ष खड्काले बताए ।
खाद्यान्न किन्न पैसा नभएको वडाबासीबाट गुनासो आउने गरेको छ । वडामा जोगि, थामी, दलित र अन्य समुदाय खाद्यान्न अभावले भोकै रहनुपर्ने अवस्था रहेको छ । वडाका करिब २ सय ६० घरधुरी खाद्यान्न अपुग देखिएको उनले बताए । वडामा २० दिनलाई पुग्ने समेत खाद्यान्न मौज्दात नरहेको उनले बताए।
” कोरोनाले भन्दापनि खान नपाएरै मरिएला भन्ने चिन्ता वडावासीमा परेको छ । पालिकासँग समन्वय गरिदिन अनुरोध गरेपनि कुनै सुनुवाई भएको छैन ।”उनले भने । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउने परिवारलाई लकडाउनको प्रभाव धेरै परेको छ ।”
वडाका ज्याला मजदुरी गर्ने ९ जना अतिविपन्नलाई भने तत्काल राहत स्वरुप खाद्यान्न उपलब्ध गराइने योजना रहेको वडाले जनाएको छ । वडाले कार्यविधि बनाई मापदण्ड अनुसार चामल, दाल, तेलनुन लगायतका खाद्यान्न उपलब्ध गराउने छ ।
वडामा १० बेडको क्वारेन्टाइन निर्माण गरिने
वडा नं ७ ले वडामा १० बेडको क्वारेन्टाइन भोलिसम्म निर्माण गर्ने भएको छ ।
वडामा १ लाख ६१ हजार बराबरको कोष खडा गरिएको र सोहि कोषबाट क्वारेन्टाइन निर्माण गरिने भएको हो ।
विदेशबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा अनिवार्य रुपमा १४ दिनसम्म राखिने वडाध्यक्षले खड्काले बताए । क्वारेन्टाइनमा १ जना स्वास्थ्य कर्मी खटाइने छ । वडाका प्रत्येक घरमा मास्क, सेनेटाइजर र साबुन वितरण गरिने पनि वडाले जनाएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "मेलुङ गाउँपालिका वडा नं ७ मा खाद्यान्न अभाव"

Leave a comment

Your email address will not be published.


*