एजेन्सि – र्बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको नाममा अर्को एउटा कीर्तिमान थपिएको छ । शनिबार बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाउन दुई गोल गरेका मेस्सीले प्रतियोगिताको फाइनलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका हुन् ।फाइनलमा दुई गोल गर्दै मेस्सीको गोल संख्या १० पुगेको छ । उनले योसँगै टेल्मो जाराको कीर्तिमान भंग गरे । मेस्सीले यो प्रतियोगिता सात पटक जितेका छन् ।सिजनको पहिलो उपाधि जितेको बार्सिलोना अझै पनि ला लिगाको उपाधि दौडमा कायम रहेको छ । बार्सासँग एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिड पनि उपाधि होडमा कायम छ । तेस्रो स्थानमा रहेको बार्सा रियलभन्दा १ र एथ्लेटिकोभन्दा २ अंकले पछि रहेको छ । ला लिगामा अब ८ खेल खेल्न बाँकी रहेको छ ।‘आज मेरो लागि खुसीको दिन हो,’ खेलपछि मेस्सीले भने, ‘मैले जीवनभर रहेको टोलीमा कप्तान हुन पाउनु मेरो लागि विशेष हो ।’ उता, प्रशिक्षक रोनाल्ड कोमानले मेस्सीलाई अर्को सिजन पनि क्लबमा देख्न चाहेको बताए ।
मेस्सीको नाममा अर्को कीर्तिमान
TOPICS:खेल

Posted By: दीक्षण दैनिक ६ बैशाख २०७८, सोमबार १२:४८

५ फाल्गुन २०८१, सोमबार १९:४५
नेकपा (एस) बागमती प्रदेशको अध्यक्षमा भीम दाहाल निर्वाचित
५ फाल्गुन २०८१, सोमबार २०:४२
दोलखामा राष्ट्रिय परिचय पत्र तथा राहदानी फर्म निःशुल्क भरिने
५ फाल्गुन २०८१, सोमबार २०:३९
भीमेश्वर मन्दिरबारे संस्कृतिविद गुरुङको अभिव्यक्तिप्रति आपत्ति
५ फाल्गुन २०८१, सोमबार २०:०६
कार्यसम्पादन मूल्याङ्कनमा दोलखाको भीमेश्वर नगरपालिका उत्कृष्ट
५ फाल्गुन २०८१, सोमबार २०:४६
भीमेश्वर नगरपालिकाले बंगुर पालन तथा माछा पालनकालागि पचास प्रतिशत अनुदान दिने
५ फाल्गुन २०८१, सोमबार १०:४३
आजको मौसम : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षात् को सम्भावना
५ फाल्गुन २०८१, सोमबार १९:२४
२०८१ फागुन ५ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
५ फाल्गुन २०८१, सोमबार ११:०८
निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन
५ फाल्गुन २०८१, सोमबार २०:०२
क्षतिग्रस्त वीपी राजमार्गको १४ स्थानमा मर्मत थालियो
५ फाल्गुन २०८१, सोमबार २०:१५
जिरी भ्रमण वर्ष २०८१ को उद्घाटन
५ फाल्गुन २०८१, सोमबार १३:४६
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
५ फाल्गुन २०८१, सोमबार ११:००
Be the first to comment on "मेस्सीको नाममा अर्को कीर्तिमान"