यस्ता छन् कोरोना भाइरस सम्बन्धी भ्रम र तथ्यहरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

अहिले विश्वमा महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिन १९) ले तनाब ग्रस्त अबस्था रहेको छ । सरकारले कोराना नियन्त्रण देश लक डाउन गरेको छ । यही सेरेफोरोमा हामीले दोलखको सदरमुकाम चरिकोटमा संंन्चालित न्याय हेल्थ नेपाल दोलखाका निर्देशक डा. विनोद दंङगालसँग कोरोनाबाट कसरी बच्न तथा त्यसको रोकथाम के हो त? भनेर कुराकानी गरेका छौ । उहाँसँग गरिएको कुराकानी

 

१.यो कोरोना भाइरसको विश्वमा कस्तो छ अवस्था?
२७ मार्च २०२० सम्मको तथ्यांङक अनुसार विश्वमा कोरोनाबाट ५ लाख ३२ हजार भन्दा बढी संक्रमित छन् । भने २४ हजार जनाको मृत्यु भएको छ । सबै भन्दा बढी मृत्यू इटलीमा देखिएको छ भने सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ । तर, नेपालमा भने ३ जनामा मात्र संक्रमण भेटिएको छ । त्यसमा पनि एक जनालाई निको भइसकेको छ ।

२. के बोझो, लसुनवा बेसार खानाले भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?

लसुन, बोझो र बेसार खानु स्वास्थ्यको लागि लाभ दायकहो, यसले हामीलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ । तर, हाल सम्म लसुन वा बोझो वा बेसारको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित वानिको भएको तथ्य छैन ।

३. कोरोना लाम्खुट्टेको टोकाइबाट सर्ने हो त ?

हालसम्म कोरोना भाइरस लाखुट्टेको टोकाइबाट सरेको पुष्टी भएको छैन । यो श्वास प्रश्वासबाट सर्ने भाइरस हो । कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा, हाछ्यूँ गर्दा निस्कने थुक र सिँगानको माधयमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।

४. तीलको तेलले मालिसले कोरोना भाइरस सर्नबाट रोक्ने हो त ?

तिलको तेलले मालिस गर्नाले कोरोना भायरस शरीरमा प्रवेश गर्नबाट रोक्दैन । तिलको तेलले कोरोना भाइरसलाई मार्न सक्दैन । भुईँमा वा सतहमा भएको कोरोना भाइरसलाई निष्कृय गर्न ७० प्रतिशत इथानोल, ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइड भएको रसायन वा घोलक प्रयोग गर्नु पर्छ ।

५. यो कोरोना भाइरसले कसलाई बढी संक्रमण गर्न सक्छ ?

सबै उमेर समूहका मानिसहरुलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ । तर ज्येष्ठ नागरिक र पहिल्यै देखि मधुमेह, मुटुको रोग आदि जस्ता स्वास्थ्य समस्या भएका व्यक्ति र प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ ।

६. के एन्टिबायोटिकले कोरोना भाइरस निको हुँदैन ?

ब्याक्टेरिया (जिवाणु) विरुद्ध मात्र लड्न सक्ने क्षमता हुने भएकाले एन्टिबायोटिकको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बचाँदैन वा उपचार गर्न सकिँदैन । तर, व्याक्टेरियाको संक्रमण भएमा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ ।

७. कोरोना भाइरसबाट बच्ने वाउपचार गर्ने कुनै औषधी छ ?

आजको मितिसम्म कोरोना भाइरसबाट बच्न वा उपचारका लागि कुनै औषधी पत्ता लागि सकेको छैन । तर, संक्रमितमा देखिएको लक्षण अनुसारको औषधी उपचार गरी स्याहार गर्नुपर्छ । यस भाइरसबाट संक्रमित गम्भीर बिरामीलाई अस्पतालमा भर्ना गरी लक्षण अनुसारको विशेष उपचार तथा स्याहार गर्नुपर्छ ।

८. के चीनबाट वा विदेशबाट आएको कुनै पनि सामान लिनु असुरक्षित हुन्छ ?

चीनबाट आएको सामानबाट कोरोना भाइरस सर्ने जोखिम हुँदैन । किनकि कोरोना भाइरस वस्तुहरुमा लामो समय सम्म बाँच्दैन भन्ने पुष्टी भइसकेको छ ।

९. थर्मल स्क्यानरबाट कोरोना भाइरस संमण भएवानभएको थाहापाउने हो त ?

थर्मल स्क्यानरले कुनै पनि व्यक्तिलाई ज्वरो (शरीरको तापक्रम सामान्य भन्दा बढी) आए वा नआएको थाहा पाउन मद्दत गर्दछ । कोरोना भाइरसको संक्रमणका लक्षण देखिन २ देखि १४ दिनलाग्ने भएकोले यदि कोही व्यक्तिलाई यसको संक्रमण भइसकेको तर ज्वरो नदेखिएको अवस्थामा यो थर्मल स्क्यानरले पत्ता लगाउन सक्दैन ।

१०. के पुरै शरीरमा अल्कोहलवाक्लोरिन लगाएमावा छरेमा कोरोना भाइरस मर्छ ?

शरीर भित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल वा क्लोरिन पुरै शरीरमा लगाउँदा वा छर्कंदा यो भाइरस मर्दैन । बरु यसरी छर्कनाले तपाईंको कपडा वा शरीरमा रहेका स–साना छिद्रहरुका साथै आँखा, मुख, नाक आदिमा हानी पुग्न सक्छ । ‘साल्मोेनेल्ला’ जस्ता विभिन्न जीवाणुको संक्रमणबाट सुरक्षित भने हुन्छ ।

११. के गर्मिमा कोरोना भाइरस नसर्ने हो त ?

कोरोना भाइरस गर्मी वा जाडो र आद्रता वा सुख्खा तापक्रम भएका सबै ठाउँहरुमा फैलि सकेको छ । गर्मी वा जाडो जहाँ बसे पनि व्यक्ति आफैंले सावधानी अपनाउनु अत्यावश्यक छ ।

१२. के रक्सी पिउनाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?

रक्सीले कोरोना भाइरस संक्रमणबाट बचाउँदैन । झन जोखिम बढ्न सक्छ ।

१३. ध्रुमपानवा चुरोटले कोरोना भाइरसलाई असर गर्छ ?

ध्रुम्रपान वा चुरोटले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । ध्रुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । ध्रुम्रपानका कारणले थप जटिलता थपिने हुनाले कोरोना भाइरसको संक्रमण जोखिम अझ बढी हुन्छ ।

१४. पसलमा स्यानिटाइजर नपाएमा के गर्न सकिन्छ ?

स्यानिटाइजर नभएमा पनि केही हुँदैन । खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय गएर आए पछि र नाक, मुखमा हात लगाउनु पूर्व समय समयमा साबुन पानीले मिचिमिचि हात धोएमा कोरोना भाइरस संक्रमण जोखिम कम हुनसक्छ ।

१५. नालीवा ढलबाट आउने हावा, गन्धबाट पनि कोरोना भाइरस संक्रमण हुनसक्छ ?

ढल वा नालीबाट आउने हावा, गन्धमा श्वास फेर्दा कोरोना भाइरस संक्रमण भएको तथ्य हाल सम्म पाइएको छैन ।

Shares

Dikshan Online TV

Be the first to comment on "यस्ता छन् कोरोना भाइरस सम्बन्धी भ्रम र तथ्यहरु"

Leave a comment

Your email address will not be published.


*