राजनीतिबाट नाम ,कृषिबाट दाम कमाउदै

SAMSUNG CSC

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विश्वकर्मा ÷चरिकोट, – राजनीति मार्फत अरुको सेवा सँगै आफ्नो जिविकोपार्जनका लागि छुट्टै पेशा व्यवसाय गर्ने हो, भने भविष्य उज्ज्वल रहेको बताउने दीपक तामाङको परिचय नेता मात्र होइन, किसान पनि हो । राजनीति सेवा हो । तर, जब राजनीतिलाई व्यवसाय बनाइन्छ । त्यसले राजनीति धूमिल र दुषित पार्ने उहाँको भनाई छ । भीमेश्वर नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसका वडा सचिव तामाङको प्रतिबद्धता राजनीतिलाई प्रशोधनको प्रयास गर्ने रहेको छ ।. विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुँदै नेता तथा कार्यकर्ता माझ लोकप्रिय नेताको रुपमा स्थापित तामाङलाई पछिल्ला वर्ष अर्गानिक तरकारी खेतीले किसानको पहिचान दिलाएको छ । “राजनीति सेवा हो । यही मूल मन्त्रका साथ सक्रिय भएको छु ।” उहाँले भन्नुभयो “राजनीति पेशा होइन । त्यसैले यसबाट आयआर्जन पनि सम्भव छैन । अहिले राजनीति सँगै आयआर्जनका लागि कृषि व्यवसाय अङ्गालेको छु ।” टहले ताजा तरकारी तथा फलफूल उद्योग स्थापना गरी २०७६ देखि व्यवसायिक कृषि यात्रा सुरु गर्नुभएका दिपकले मकैबारी गाउँमा आफू अर्गानिक तरकारी उत्पादन गर्ने पहिलो किसान भएको दाबी गर्नुहुन्छ । करिब १२ रोपनी जमिनमा स्थापना गरिएको टनेलहरूमा उत्पादन हुने रायोको साग, काउली, भ्यान्टा, मुला लगायतका मौसमी तथा बेमौसमी तरकारीहरू पूर्ण विषादीमुक्त हुन्छन् । उहाँले तरकारी फलाउनका लागि प्राङ्गारिक तथा घरायसी मलको प्रयोग गर्नुहन्छ । अर्गानिक तरकारीको महत्व बुझाउन, राजनीतिलाई स्वच्छ बनाउन अन्य पेशामा आबद्ध हुँदै दुवैलाई निरन्तरता दिन सकिने सन्देश तथा कृषिमा युवा उत्प्रेरणाका लागि सुरु भएको उहाँको अर्गानिक खेतीले चर्चा बटुल्न सफल भएको छ । “आयातित र विषादीयुक्त तरकारी सर्वत्र विस्तार भइरहेको बेला मैँले स्वस्थकर अर्गानिक तरकारीको स्वाद चखाइराखेको छु । अर्गानिक तरकारीको महत्व बुझेकाहरूले बारीमा आएर पनि लैजान्छन् । बाँकी रहेका तरकारी चरिकोट बजार ल्याएर बिक्री गर्छौँ ।” उहाँले भन्नुभयो ।तामाङ जति राजनीतिमा सक्रिय हुनुहुन्छ । उति नै बढी कृषि व्यवसायमा हुनुहुन्छ । राजनीतिबाट नाम र तरकारी खेतीले दाम कमाइरहनुभएको छ । उहाँले तरकारीको उत्पादन र बिक्री बढाउनका लागि विभिन्न उपाय तथा विधिहरूको प्रयोग गरिरहनुभएको छ । “तरकारी खेतीले जिविकोपार्जनका लागि सहज भएको छ । यसले राजनीतिलाई सेवाको रुपमा निरन्तरता दिन सहयोग गरेको छ ।” उहाँले भन्नुभयो । “मेरो राजनीति यात्रा र जिविकोपार्जनको आधार कृषि हो । यसलाई पछि सम्म निरन्तरता दिने छु । अहिले बढीभन्दा बढी उत्पादनमा वृद्धि गराउने उद्धेश्य लिएको छु ।” सामान्य नागरिकको जीवनस्तर माथि नउठेसम्म विकास सम्भव नहुने बताउँदै तामाङले राजनीति मार्फत देश र जनताको हितमा काम गरिरहेको सुनाउनुभयो । उहाँको राजनीति र कृषिको यात्रामा परिवारको पूर्ण सहयोग र समर्थन छ । नेता तथा कार्यकर्ता र चिनेजानेकाहरु पनि उहाँको प्रशंसक भएका छन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "राजनीतिबाट नाम ,कृषिबाट दाम कमाउदै"

Leave a comment

Your email address will not be published.


*