राष्ट्रपतिको मनोनय दर्ता आज, राष्ट्रपतिमा भण्डारी नै पक्का

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्न व्यवस्थापिका संसद्मा आज (बुधबार) मनोनय दर्ता हुदैछ। बिहान १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिको निर्वाचन २९ फागुनमा हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि कूल ८८० मतदाता रहेका छन् । प्रदेशतर्फका ५४९ संघीय संसद्का ३३१ ले राष्ट्रपति चुन्ने संवैधानिक व्यवस्था छ । त्यस्तै शपथ नखुवाउन सर्वोच्चले अन्तरिम आदेश दिएका राष्ट्रियसभाका मनोनीत सांसद् त्रय, डा. युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल, मनाङका प्रदेश सांसद् दीपक मनाङले मत हाल्न पाउने छैनन् । तर, टीकापुर घटनाका आरोपित कैलाली–१ का सांसद् रेशमलाल चौधरीको नाम भनेर सूचीमा छ ।

विद्या भण्डारी निश्चित
एमालेले राष्ट्रपतिको उमेदवारमा विद्या भण्डारीलाई दोर्होयाउने भएको छ । मंगलबार करिब ८ घन्टा बसेको पार्टी स्थायी कमिटीको बैठकमा सघन छलफलपछि एमाले भणडारीलाई नै दोर्होयाउने निश्कर्षमा पुगेको हो । वाम गठबन्धनको भागवण्डामा राष्ट्रपति पद एमालेलाई परेकाले भण्डारी दोहोरिने निश्चित भएको हो । यसअघि ०७२ कात्तिकमा उनी दोस्रो राष्ट्रपतिमा चुनिएकी थिइन् । यस्तै राष्ट्रपतिमा प्रमुख प्रतिपक्षी कांग्रेसले पनि उमेदवार उठाउने विषयमा छलफल थालेको छ । यद्यपि बुधबारमात्रै कांग्रेस निष्कर्षमा पुग्ने बताइएको छ ।

Shares

Be the first to comment on "राष्ट्रपतिको मनोनय दर्ता आज, राष्ट्रपतिमा भण्डारी नै पक्का"

Leave a comment

Your email address will not be published.


*