लकडाउनलाई निरन्तरता दिने उच्चस्तरीय समितिको निर्णय

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सवै शक्ति परिचालन गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।‘कोही पनि व्यक्ति र नागरिक हाम्रो मुलुकमा कोरोनाबाट मृत्युबरण गर्न नपरोस् भनेर अहिले अख्तियार गरेको नितिलाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको छ’ बैठकपछि सचिव विडारीले बताए ।  उनका अनुसार लकडाउन मन्त्रिपरिषद बैठकले थप छलफल गरेर निर्णय गर्नेछ । यद्यपि लकडाउनको निरन्तरता उनको उनको भनाइ छ ।  उनले सरकारले कोरोना नियन्त्रणका लागि लिएको बाटो सही भएको पनि बैठकले निश्कर्ष निकालेको पनि बताए ।   सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । रातोपाटी बाट

Shares

Dikshan Online TV

Be the first to comment on "लकडाउनलाई निरन्तरता दिने उच्चस्तरीय समितिको निर्णय"

Leave a comment

Your email address will not be published.


*