लोकतान्त्रिक बाम गठबन्धनले दोलखाका सात स्थानमा सभा गर्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट दीस÷दोलखा जिल्लामा लोकतान्त्रिक–बाम गठबन्धनले सात स्थानमा चुनावी सभा गर्ने भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचार–प्रसार अन्तर्गत उनीहरुले जिल्लाका सात स्थानमा संयुक्त चुनावी सभा गर्ने भएका हुन् ।गठबन्धनमा संलग्न दलहरुले प्रदेश सभा क्षेत्र नम्बर १ र २ मा संयुक्त चुनावी सभा तथा अन्य कार्यक्रमहरु तालिका नैं बनाएर कार्तिक १७ गतेबाट चुनाव प्रचार सुरु गर्ने निर्णय भएको गठबन्धनमा संलग्न मुख्य घटक नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिनु भयो । गठबन्धन दलहरुका तर्फबाट सार्वजनिक गरिएको तालिका अनुसार कार्तिक १८ गतेदेखि मंसिर १ गते सम्म जिल्लाका विभिन्न सात स्थानमा संयुक्त चुनावी सभा,भेटघाट, अन्तक्र्रिया तथा घरदैलो कार्यक्रम सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा माओवादी केन्द्रका संयोजक कुलबहादुर बुढाथोकी तथा नेकपा समाजवादी दोलखाका अध्यक्ष भीमप्रसाद दहालद्वारा हस्ताक्षर गरी सार्वजनिक गरिएको तालिका अनुसार कार्तिक १८ गते कालिञ्चोक गाउँपालिकाको सिँगटीमा, २२ गते शैलुङ गाउँपालिकाको बाघखोरमा, २३ गते बैतेश्वर गाउँपालिकाको मैनापोखरी बजारमा तथा २६ गते जिरी नगरपालिकाको जिरी बजारमा संयुक्त चुनावी सभा सम्पन्न गरिने उल्लेख छ । यसैगरी कार्तिक २७ गते भीमेश्वर नगरपालिकाको चरिकोट, २८ गते तामाकोशी गाउँपालिकामा तथा मेलुङ गाउँपालिकाको बुद्धचोकमा मंसिर १ गते संयुक्त चुनावी सभा सम्पन्न गर्ने गठबन्धनदलहरुले बताएका छन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "लोकतान्त्रिक बाम गठबन्धनले दोलखाका सात स्थानमा सभा गर्ने"

Leave a comment

Your email address will not be published.


*