चरिकोट –दोलखाको बैतेश्वर गाउँपालिकामा वडा कार्यालय बनाउन दान विरले जग्गा दान गरेका छन । गाउँपालिकाको वडा नम्बर ७ को भवन बनाउन सो वडाका ३ जनाले स्थानीय ११९५ बर्गमिटर जग्गा दान दिएका हुन । सो वडा निवासी एवंम राष्ट्रिय सहकारी बैकका अध्यक्ष कृष्ण प्रसाद उप्रेती , नेकपाका नेता शान्त उप्रेती तथा स्थानीय बन्धुदेब पाण्डेले वडा कार्यालय बनाउन वडाकाे नाममा मालपोत कार्यालय दोलखामा सोमबार जग्गा रजिष्टे«सन पास गरिदिएका छन । वडाको नाममा जग्गा प्रात्त भएसँगै अर्को आर्थिक बर्ष देखी वडा कार्यालय बनाउन थालनी गरिने सो वडाका अध्यक्ष रेशमराजस्वराज रिमालले बताए ।
वडा कार्यालय बनाउन जग्गा दान
TOPICS:समाचार

Posted By: दीक्षण दैनिक १ जेष्ठ २०७६, बुधबार १६:४३

३० माघ २०८१, बुधबार २०:००
२०८१ माघ ३०गतेको क्लिक गरेर Epaper पढ्नुहोस
१ फाल्गुन २०८१, बिहीबार १५:२४
Be the first to comment on "वडा कार्यालय बनाउन जग्गा दान"