विगु गाउँपालिकामा पोखरीमा डुबेरमा एक युवकको मृत्यु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट – दोलखाको विगु गाउँपालिकामा पोखरीमा डुबेरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ४ लादुकका ३५।३६ वर्षका चेत बहादुर तामाङ रहेका छन् ।उनको आफ्नै घरदेखी ५० मिटरको दुरीमा रहेको किवी खेतीमा सिंचाईका लागि बनाएको पोखरीमा डुबेरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनको शब घट्नास्थलको प्रारम्भिक अनुसन्धान तथा घट्नास्थल लास जाँच मुचुल्का पछि पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित पशुपति स्मृति अस्प्तालमा राखिएको प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

Shares

Dikshan Online TV

Be the first to comment on "विगु गाउँपालिकामा पोखरीमा डुबेरमा एक युवकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*