दीक्षण समाचार
चरिकोट, फागुन १०
दोलखाको विगु गाउँपालिकाको विभिन्न वडामा मंगलबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पालिकाको वडा नं. ५, ६, ७ र ८ मा शिविर सम्पन्न भएको हो ।
पालिकाको सहयकार्य र समुन्द्र नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको थियो । दुई दिनसम्म चलेको शिविरबाट सात सय ३३ जना लाभान्वित भएको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जानकारी दिनु भयो । ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले शिविर आयोजना गरिएको उहाँको भनाई थियो ।
शिविरमा काठमाण्डौ स्थित ग्राण्डी अस्पतालका जनरल फिजिसियन डाक्टर राजिव थपलिया र प्रिया शेर्पा, वीर अस्पतालका सर्जन डाक्टर विजयकुमार शाह, प्रसुती गृह थापाथलीका स्त्री रोग विशेषज्ञ बबिता शाह, ईशान अस्पतालका स्त्री तथा बाल रोग विशेषज्ञ डाक्टर पिङ्की शाह, विगु अस्पतालका डाक्टर प्रतिक कुमार ठाकुर लगायतले स्वास्थ्य जाँच तथा परामर्श सेवा दिएका थिए । शिविरमा फेला परेका स्त्री रोगका गम्भिर बिरामीहरुलाई पालिकाले आवश्यक समन्वय गरी थप उपचारको व्यवस्था मिलाउने जनाएको छ ।
विगु गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न

Be the first to comment on "विगु गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न"