विद्यार्थी सँग अखिल(क्रान्तिकारी)अभियान उद्घाटन कार्यक्रम जिरीमा सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

राजकुमार भुजेल ,चरिकोट । विद्यार्थी सँग अखिल (क्रान्तिकारी) अभियान उद्धघाटन कार्यक्रम जिरीमा सम्पन्न भएको छ । मङ्गलबार दिउसो जिरी नगरपालिकाको सहिद स्मृति आवसिय माध्यमिक विद्यालयमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको हो। विद्यार्थी सँग अखिल (क्रान्तिकारी) अभिनय भन्ने मुल नाराका साथ आगामी दिनमा विद्यार्थी आन्दोलनका पक्षमा लड्ने र विद्यार्थीलाई शैक्षिक अधिकारका निमित्त अखिल क्रान्तिकारी अग्र मोर्चामा लड्नको लागी सुरुवाती उदघाटन कार्यक्रम गरेको हो । कार्यक्रममा अखिल(क्रान्तिकारी)केन्द्रीय सचिव प्रशुन कार्की ,बिशेष अतिथि केन्द्रीय सचिवालय सदस्य चन्द्रकुमार लामा ,संगठनका केन्द्रीय नेता सालिराम उप्रेती ,अखिल (क्रान्तिकारी) दाेलखा जिल्ला सचिव विकल खड्का उपस्थिति थियो। कार्यक्रममा साँस्कृति नाच र देशलाई झकाउने खालका देश प्रेमी गितहरुको अभिनय विद्यार्थीहरुले गरेका थिए । कार्यक्रममा ३ सय विद्यार्थीको उपस्थिति रहेको थियो। कार्यक्रममा उक्त विद्यालयलाई सहिदहरुकाे सम्झनामा विद्यालयलाई धुपि र कल्कि फुल गरि ५० वोट विरुवा दिइएको छ।

Shares

Dikshan Online TV

Be the first to comment on "विद्यार्थी सँग अखिल(क्रान्तिकारी)अभियान उद्घाटन कार्यक्रम जिरीमा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*