प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने कदम चालेको भन्दै नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को प्रशंसा गरेका छन् ।काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिको अन्तिम किस्ता पनि पूरा गरी शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका हुन् ।‘नेकपाका महासचिव विप्लवलाई स्वागत, बधाई र शुभकामना भन्न चाहन्छु । जुन साहसिक कदम र ऐतिहासिक कदम चाल्नुभएको छ,’ ओलीले भने, ‘नेपालमा द्वन्द छैन । शान्ति छ ।’केही दिनअघि मात्र राष्ट्रसंघको प्यारामिटरमा नेपाल अगाडि बढेको तथ्यांक आएको स्मरण गर्दै ओलीले भने, भरे बेलुका मूल्यांकन गर्ने हो भने कसरी गर्ला ?
विप्लवको प्रशंसा गर्दै ओलीले भने– ‘साहसिक र ऐतिहासिक कदम चाल्नुभयो’

Be the first to comment on "विप्लवको प्रशंसा गर्दै ओलीले भने– ‘साहसिक र ऐतिहासिक कदम चाल्नुभयो’"