चरिकोट – –ज्योति लाईफ इन्स्योरेन्स उपशाखा कार्यालय चरिकोटले वुधबार विमाको रकम हस्तान्तरण गरेको छ । सामुहिक जीवन बिमा गराएका मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि.चरिकोटका संचालक समिति सदस्य श्री नारायण बहादुर श्रेष्ठको परिवारलाई सो रकम हस्तारण गरेको छ । परिवारले पाएको रकम ज्योति लाईफ इन्स्योरेन्स ३ नम्बर प्रदेशका क्षेत्रीय प्रमुख किरण गौतमले एक समारोह विच हस्तारण गरेको उपशाखा कार्यालय चरिकोटका प्रमुख चुडा श्रेष्ठले जानकारी दिए । परिवारका सदस्यले १ लाख १० हजार रुपैया विमा बापतको रकम पाएको छन । ज्योति लाईफ इन्स्योरेन्सले ११ वटा घातक रोगको विमा गर्दै आएको छ । दोलखाका प्रमुख श्रेष्ठले यस कम्पनीले समयमा नै विमाको रकम भुक्तानी गरेको बताए ।
विमाको रकम हस्तान्तरण
TOPICS:अर्थ/बजार

Posted By: दीक्षण दैनिक २६ चैत्र २०७५, मंगलवार २०:३८

६ फाल्गुन २०८१, मंगलवार १९:५६
२०८१ फागुन ६ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
६ फाल्गुन २०८१, मंगलवार २०:३०
तोलामा सात सयले बढ्यो सुनको मूल्य
६ फाल्गुन २०८१, मंगलवार २०:२९
Be the first to comment on "विमाको रकम हस्तान्तरण"