विस्वकपमा पुग्ने टोली अनुमान गर्ने पुरस्कृत

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–विश्व फुटबलको विश्वकपको रौनकता अझै सकिसकेको छैन । रसिया विश्वकप २०१८ ले दोलखा जिल्लाका फुटबल प्रेमीहरु माझ उत्सब थपेको थियो।

प्रतियागिता सकिए पनि चरिकोट गेस एण्ड विन प्रतियोगिताको विजयीहरुलाइ शुक्रवार एक कार्यक्रममा पुरस्कृत गरिएको छ । विश्वकपमा अघिल्लो चरणमा पुग्ने ्टिमहरुको नाम गेस गरी सबै भन्दा बढी अङक हासिल गर्ने सहभागिलाइ बिजयी घोषणा गरिएको थियो । विजयी हुनेमा राजेस कुमार श्रेष्ठ, पेम साङ्गे शेर्पा र म्यान्चेस्टर जङ्ग पाण्डे रहेका छन । कुल १०१ सहभागी उक्त प्रतियोगितामा ३ जना सयुंक्त विजयी भएका हुन ।

विजेता टोलीलाई नगद तथा प्रमाण पत्र वितरण गरिएको थियो । सो कार्यक्रममा चरिकोट स्थित सातदोबाटोमा गरिएको विश्वकप खेलहरुको प्रदर्शनीका सहयोगीहरुलाई  प्रमाण पत्र वितरण गरिएको थियो । परिवर्तनका लागि युवा पाइला, चरिकोट ब्वाइज क्लब र सरल नेपालको सँयुक्त आयोजना तथा जिल्ला फुटबल संघको विशेष सहयोगमा विश्वकप प्रदर्शनी कार्यक्रम गरिएको थियो।

चरिकोटमा रहेका विभिन्न व्यवसायीहरुले उक्त कार्यक्रममा सहयोग गरेका थिए । मिड पोइन्ट क्याफे, होटल ह्वाइट हाउस, होटेल फागुपुर्णिमा, पशुपती फेन्सी स्टोर्स, गौरिशंकर केबल टि भि नेटवर्क प्राली, एभरेष्ट होटल, द उड्स चरिकोट रिसोर्ट, पेरिस फुडल्याण्ड, लाल भैरब रिसोर्ट इत्यादि व्यवसायिले प्रदर्शनी कार्यक्रममा सहयोग गरेका थिए।। कार्यक्रममा बोल्दै फुटबल संघका अध्यक्षले फुटबल खेलको रौनकता र विश्वकप पर्बले सबै खेलकुद प्रेमीलाइ एकै ठाउमा बाधेको वताए । यस्तै, कार्यक्रममा किशोर नेपाली, सिताराम घिमिरे, अर्जुन तामाङ, रोशन श्रेष्ठ, कौरव पाण्डे, सौगात थापा आदिले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै यस्ता कार्यक्रम आगामी दिनहरुमा गर्दै जाने कुरा कार्यक्रममा सबैको साझा धारणा थियो । कार्यक्रममा बोल्दै फुटबक संघका वरिष्ट उपाध्यक्ष तथा चरिकोट ब्वाइजका अध्यक्ष राजेश थापाले सहयोगी सबैजनालाइ धन्यावाद िदए । आगामी दिनमा विश्वकप प्रदर्शनीको लागि थप व्यस्थित तरिकाले अघि बढ्नलाइ सहयोगी हातहरुको योगदान बढी रहने कुरा बताए ।

Shares

Be the first to comment on "विस्वकपमा पुग्ने टोली अनुमान गर्ने पुरस्कृत"

Leave a comment

Your email address will not be published.


*