चरिकोट –मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले तत्कालनका लागि पक्कि घर नभएकाले विद्यालय भवनमा बैंक राख्न स्वीकृति दिएको दीक्षणलाई बताए । ‘यो अस्थायी हो।, निजी पक्कि घर छेऊछाऊ बन्ने वित्तिकै बैंक सर्छ’ उनले भने ‘बैंक जस्ता सेवाको कार्यालय राख्दा सबैको पायक पर्ने ठाउँ हेर्नु पर्छ, त्यो भनेको मेलुङका लागि बुद्ध चोक नै हो ।’ हरेक स्थानीय तहमा बैंक शाखा स्थापना नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार दोलखाको मेलुङ गाउँपालिकामा सानिमा बैंकले अख्तियारी पाएको थियो । त्यसको शाखा सोमबार उद्घाटन भयो । मेलुङ गाउँपालिका वडा नम्बर ४ स्थित बुद्ध चोकमा सानिमा बैंकले शाखा बिस्तार गरी सेवा सुरु गरेको हो बैंक मेलुङ शाखाको गाउँपालिका अध्यक्ष नरवहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । सानिमा बैंकको शाखा भेडपू स्थित भिम माविको भवनमा स्थापना भएको भन्दै केही स्थानीयले विरोध गरेका थिए ।
वैक बसेको ठाँउ अस्थाई हो –प्रमुख श्रेष्ठ
Posted By: दीक्षण दैनिक १ श्रावण २०७५, मंगलवार १२:४८
२ आश्विन २०८१, बुधबार २१:०३
अनेरास्ववियु भोली अन्तर मावि दौड प्रतियोगिताको आयोजना गर्ने
३ आश्विन २०८१, बिहीबार ०८:०६
फेरी पनि हा¥यो नेपाल
३ आश्विन २०८१, बिहीबार १०:५१
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
३ आश्विन २०८१, बिहीबार १२:३९
Be the first to comment on "वैक बसेको ठाँउ अस्थाई हो –प्रमुख श्रेष्ठ"