वैेतेश्वर गाँउपालिकाको केन्द्र पाँडुडाडा हुने पक्का

फोटो – पुन्य प्रसाद घिमिरेको फेसबुक बाट साभार गरिएको हो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –दोलखाको वैेतेश्वर गाँउपालिकाको केन्द्र पाँडुडाडा हुने पक्का भएको छ । राजपत्रमा पौष २४ केन्द्र परिवर्तन सुचना प्रकाशित भएसँगै केन्द्रको पक्का भएको हो । गाँउपालिकाको गाँउसभाले यस अघि राजपत्रमा प्रकासित भएको साबिक काव्रे केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो ।

सो निर्णय सिफारीस संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयमा सिफारीस गाँउसभाले गरेको थियो । केन्द्र बिषयमा पहिला पनि बिवाद सिर्जना भएको थियो । दोलखा राजनितिक दलले पाँडुडाडा सिफारीस गरिएको भए पनि राज पत्रमा प्रकासित हुने वेला सो केन्द्र परिवर्तन भएर काब्रे कायम भएको थियो ।

Shares

Be the first to comment on "वैेतेश्वर गाँउपालिकाको केन्द्र पाँडुडाडा हुने पक्का"

Leave a comment

Your email address will not be published.


*