शैलुङ गाउँपालिका वडा नं ८ का किसानहरुलाई कृषि सामाग्री वितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ १२

दोलखाको शैलुङ गाउँपालिका वडा नं ८ का किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । कृषि प्रति आकर्षण बढाउदै वडालाई आत्मनिर्भर बनाउन आइतबार वडाले प्लास्टिक टनेल र ड्रम वितरण गरेको हो । मौसमी तथा बेमौसमी तरकारी खेतीमा टनेलको प्रयोगले राम्रो उब्जनी हुने भएकाले टनेल वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष रामेश्वर उप्रेतीले वडाका कृषकलाई कृषि सामाग्रीबाट तरकारीबाली र अन्य बालीमा आत्म निर्भर बन्न सहयोग पु¥याने बताए । उनले भने “सम्बृद्ध नेपाल, सुखी नेपालीसरकारको लक्ष्यलाई सार्थक बनाउन कृषिलाई व्यवसायिकीकरण र आधुनिकीकरण बनाइ सम्बृद्ध बन्ने योजना वडाको रहेको छ ।” अनुदानमा झोर त मनगाउँका २० जना किसानलाई एक÷एक थान प्लास्टिक टनेल वितरण गरिएको छ। वडाले प्लास्टिक टनेलको सदुपयोग गरि व्यवसायिक कृषि तर्फ लाग्न आग्रह गरेको छ । मनगाउँका कृषक राम खातीले भने वडाले टनेल खेती गर्न प्रोत्साहन गरि कृषि सामाग्री वितरण गरेकोमा खुशी लागेको बताछन् । उनले भने ” अब गाउँमा मौसमी मात्र होइन, बेमौसमी तरकारी उत्पादन गर्नेछौं । जसले गर्दा कृषि क्रान्तिमा सहयोग पुग्नेछ ।” वडाले सोही स्थानका किसानलाई १०० लिटर क्षमताको १६ वटा ड्रम वितरण गरेको छ । पानी राख्न र आवश्यक अनुसार विषादी राख्न ड्रम प्रयोग गर्न सक्नेछन् । केहिदिनमा नै वडाका अन्य किसानलाई युएनडिपीको सहयोगमा कृषी सामग्री वितरण गरिने जनाइएको छ । किसानहरुले भने उचित बजार व्यवस्थापन र यातायातको सुविधा सहज नभएकोले कृषि उपज खरिद बिक्रीमा समस्या रहेको गुनासो गर्ने गरेका छन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "शैलुङ गाउँपालिका वडा नं ८ का किसानहरुलाई कृषि सामाग्री वितरण"

Leave a comment

Your email address will not be published.


*